डा. सुनिल शर्मा किन भागवत गीता बोकेर संसद भवन गए ?
एक्सन खबर
काठमाडौं, ७, पुस । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा सांसदको सपथ लिन प्रवेश गर्दा अन्य सांसद भन्दा फरक देखिए । दौरा सुरुवाल ढाकाटोपीमा कालो जुत्ता लगाएर संसद भवन प्रवेश डा. शर्माको हातमा निर्वाचित भएको प्रमाणपत्रसँगै भागवत गीता समेत थियो ।
मोरङ निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा एमालेका भानुभक्त ढकाललाई झण्डै दोब्बर मतले पराजित गर्दै नेपाली कांग्रेसबाट निर्वाचित डा. शर्माले संसद भवनमा भागवत गीता लिएर प्रवेश गरेका हुन् ।
पछिल्लो समय नेपाली राजनीतिमा झुट र भ्रष्टाचार मैलाएको बताउँदै डा. शर्माले सत्य र भ्रष्टाचाररहित राजनीतिलाई प्रश्रयदिन भागवत गीता बोकेर संसद भवन प्रवेश गरेको बताए । ‘पछिल्लो समय नेपाली राजनीतिमा झुट र भ्रष्टाचार मैलाएको छ । म सत्य र भ्रष्टाचाररहित राजनीतिलाई प्रश्रयदिन गीता बोकेर संसद भवन छिरेको हुँ ।’ डा. शर्माले भने ।
समाज सेवा, स्वास्थ्य र शिक्षा क्षेत्रमा अनवरत काम गर्दै आइरहेका डा. शर्माले देश र जनताको पक्षमा इमान्दारितापूर्वक काम गर्ने बताउँदै आइरहेका छन् । उनले आफुले लाभको लागि राजनीति नगरेको यसअघि नै बताइसकेका छन् । डा. शर्मा नेपाली कांग्रेसका उम्मेदवारहरु मध्ये सर्वाधिक मत ल्याएर विजय प्राप्त गर्ने तथा कांग्रेसका उम्मेदवारहरु मध्ये सर्वाधिक मतान्तर सहित विजय हासिल गर्ने एक्लो व्यक्ति हुन् ।
0 प्रतिकृया