Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


सांसद डा. सुनिल शर्माले सुरु गरे निःशुल्क एम्बुलेन्स स्वास्थ्य शिविर

एक्सन खबर
पौष, ८, २०७९


सांसद डा. सुनिल शर्माले सुरु गरे निःशुल्क एम्बुलेन्स स्वास्थ्य शिविर

विराटनगर, ८ पुस । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले आफ्नो क्षेत्रका नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै निःशुल्क स्वास्थ्य शिविर सुरु गरेका छन् । मंसिर ४ गतेको निर्वाचनमा विजयी भएपछि डा. शर्माले आफ्नो क्षेत्रका २६ वटै वडाहरु समेटेर प्रत्येक शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सुरु गरेका हुन् ।

नोबेल शिक्षण अस्पताल मार्फत विगत ५ वर्षदेखि आफ्ना क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आएका नेपाली कांग्रेसबाट निर्वाचित सांसद डा. शर्माले जनतालाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आफ्नो तर्फबाट निःशुल्क स्वास्थ्य शिविर सुरु गरेका हुन् ।

नोबेल शिक्षण अस्पताल मार्फत गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्त्री रोग, बाल रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, दन्त रोग, नाक, कान घाँटी, आँखा रोग लगायतका विशेषज्ञ चिकित्सकहरु हुने नोबेलका अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । ‘हामीले विगत ५ वर्षदेखि जनतालाई घरदैलो मै निःशुल्क स्वास्थ्य शिविर पुर्याउँदै आएकोमा अब माननीय सांसद डा. सुनिल शर्माको तर्फबाट पनि आफ्नो क्षेत्रका जनताका लागि प्रत्येक शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सुरु गरिएको हो । यो एम्बुलेन्स निःशुल्क स्वास्थ्य शिविर हो ।’ दाहालले भने ।

शुक्रबारको पहिलो निःशुल्क स्वास्थ्य शिविर मोरङ बेलबारी ९ डाँगीहाटमा गरिएको थियो । उक्त शिविरमा ३६२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । अस्पताल प्रबन्धक दाहालका अनुसार शिविरमा ८५ जनाको इसिजी, ९५ जनाको ल्याब परीक्षण, १०९ जनाको भिडियो एक्सरे गरिएको थियो । भने, ११ जनाको दाँत खोलिएको छ ।

अब यो एम्बुलेन्स निःशुल्क स्वास्थ्य शिविर प्रत्येक हप्ताको शुक्रबार नियमित हुनेछ । शिविरमा विशेषज्ञ डाक्टरहरु सहित १३ जनाको टोली रहनेछ । साथै, प्रत्येक महिना विशेषज्ञ (एमडि तथा डिएम) डाक्टर सहितको अर्को निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिनेछ । भने, यस्ता शिविरमा स्वास्थ्य जाँच गराएर थप उपचारका लागि नोबेल जाने बिरामीलाई उपचारमा ५० प्रतिशत छुट समेत दिइने व्यवस्था गरिएको छ ।

समाजसेवासँगै राजनीतिमा सक्रिय डा. शर्माले यसअघि नै नोबेल शिक्षण अस्पतालमा मोरङ क्षेत्र नं. ३ का जनतालाई निःशुल्क क्याविन सेवा सुरु गरिसकेका छन् । साथै, डा. शर्माले आफ्ना क्षेत्रका जनताका लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रोजगारी सिर्जना, आधुनिक कृषि योजना लगायतमा काम गर्ने सोच बनाइरहेका छन् ।

डा. शर्माले बिहीबार प्रतिनिधि सभा सदस्य पदको सपथ लिँदै गर्दा साथमा सत्य, न्याय र भ्रष्टाचार विरुद्ध सचेतना छर्दै भागवत गीता समेत छोएर सपथ लिएका थिए ।














0 प्रतिकृया