दोलखामा केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको घुँईंचो
एक्सन खबर
काठमाडौं, ९ पुस । सामाजिक उत्तरदात्वि अन्तरगत काठमाडौं मेडिकल कलेजले दोलखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केएमसीले दोलखाको सदरमुकाम जिरीमा २ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार शनिबार सम्पन्न शिविरमा ८९२ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । केएमसीका विशेषज्ञ चिकित्सकहरु संम्मिलित निःशुल्क स्वास्थ्य परीक्षणमा आज शनिबार ११० जनाको इसिजी, १६९ जनाको ल्याब परीक्षण, १९२ जनाको भिडियो एक्स–रे गरिएको छ ।
त्यस्तै, २२ जनाको दाँत खोलिएको तथा ५५ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको केएमसीले जानकारी दिएको छ । उक्त स्वास्थ्य शिविरमा केएमसीका प्रिन्सिपल प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठ तथा हस्पिटल डाइरेक्टर डा. सुमन श्रेष्ठ समेत सहभागी थिए ।
केएमसीले निःशुल्क स्वास्थ्य शिविर गर्ने जानकारी पाएपछि जिरी क्षेत्रका सयौं सर्वसाधारण स्वास्थ्य परीक्षणमा सहभागी भएका थिए । लायन्स क्लब अफ काठमाडौं डिष्ट्रिक्स ३२५, काठमाडाैंका ११ वटा लायन्स क्लबहरू, जिरी नगरपालिका वडा नं. ५ सँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविर भोली आइतबार पनि हुनेछ । भोली करिब ७ सय जना बिरामीको स्वास्थ्य परीक्षण गरिने बताइएको छ ।
आम जनतालाई केएमसीको स्वास्थ्य सेवा घरदैलोमै पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । २ वर्षअघि विराटनगरका समाजसेवी, शिक्षा र स्वास्थ्य क्षेत्रमा २ दशक बढीदेखि सक्रिय डा. सुनिल शर्माको प्रवेश भएसँगै केएमसीका सेवाहरुलाई सर्वसुलभ र गुणस्तरीय बनाईंदै लगिएको छ । हाल डा. शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएपनि उनको अभियानलाई गाउँगाउँमा पुर्याउन केएमसी प्रशासन लागि परेको छ ।
0 प्रतिकृया