Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


राजाबासमा नोबेलको निःशुल्क स्वास्थ्य शिविरबाट ७५३ बिरामी लाभान्वित

एक्सन खबर
पौष, १०, २०७९


राजाबासमा नोबेलको निःशुल्क स्वास्थ्य शिविरबाट ७५३ बिरामी लाभान्वित

उदयपुर, १० पुस । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले उदयपुरको राजाबासमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोबेलले रौतामाई गाउँपालिका वडा नं. ७ र राजाबास युवा क्लब सञ्जालसँगको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

नोबेलमा अस्पताल प्रबन्धक नारायण दाहालले राजाबासको निःशुल्क स्वास्थ्य शिविरमा ७५३ जना बिरामीको स्वास्थ्य जाँच गरिएको जानकारी दिए । दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा १०९ जनाको इसिजी, १२० जनाको ल्याब परीक्षण, १८५ जनाको भिडियो एक्स–रे गरिएको थियो, भने १७ जनाको दाँत खोलिएको छ ।

नोबेल शिक्षण अस्पतालका तत्कालिन अध्यक्ष समाजसेवी डा. सुनिल शर्माले आम सर्वसाधारणलाई गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सुरु गरेका थिए । डा. शर्माको अभियानबाट प्रदेश १ मा हज्जारौं सर्वसाधारण लाभान्वित भइसकेका छन् ।

नोबेलको निःशुल्क स्वास्थ्य शिविरबाट महिला तथा बालबालिका, जेष्ठ नागरिक र विपन्न वर्गका जनतालाई बढी फाइदा पुगेको छ । नोबेलले गाँउ गाँउमा पुर्याएको निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरु हुन्छन् । स्वास्थ्य शिविरमा आएका बिरामीलाई थप उपचार गर्नुपरेमा उनीहरु नोबेलमा आए उपचारमा थप छुट समेत दिइने गरिएको छ ।

हाल नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा अत्याधिक मतका साथ विजयी भएका डा. शर्माले आफ्नो क्षेत्रका जनतालाई मात्र नभएर प्रदेशकै जनताका लागि नोबेलको स्वास्थ्य सेवामा पहुँच स्थापित गरिदिएका छन् ।













0 प्रतिकृया