Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


मधेश प्रदेशको स्वास्थ्य सेवामा नेशनल मेडिकल कलेजको महत्वपूर्ण योगदान

एक्सन खबर
पौष, १४, २०७९


मधेश प्रदेशको स्वास्थ्य सेवामा नेशनल मेडिकल कलेजको महत्वपूर्ण योगदान

पर्सा, १४ पुस । मधेश प्रदेशका जनतालाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नेशनल मेडिकल कलेजको महत्वपूर्ण भूमिका रहेको प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले बताएका छन् ।

कलेजका १६ औं ब्याचका विद्यार्थीद्वारा आयोजित विदाई तथा सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोल्दै शिक्षा तथा स्वास्थ्य सेवा जनताको आधारभूत आवश्यक्ता रहेको बताउँदै निजी क्षेत्रले मुलुकको स्वास्थ्य सेवा र शिक्षाको विकासमा पुर्याएको योगदानको प्रशंसा पनि गरे ।

‘प्रदेश २ को स्वास्थ्य सेवा र मेडिकल शिक्षामा नेशनल मेडिकल कलेजको योगदान छ । निजी क्षेत्रको योगदानलाई कसैले नजरअन्दाज गर्नु हुँदैन । राज्यले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्नु आजको आवश्यक्ता हो ।’ सांसद मैनालीले बताए ।

नेशनल मेडिकल कलेज जनतालाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सदैव तत्पर रहेको तथा मेडिकल शिक्षामा चाहिने दक्ष जनशक्ति उत्पादनमा समेत लागि परेको कलेजका अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारीले बताए । शिक्षा र स्वास्थ्य राज्यको प्राथमिकतामा नपरेपनि निजी क्षेत्रबाट आफुहरुले जनतालाई दिनुपर्ने सेवामा कुनै कमजोरी नगरेको जनाउँदै नेशनल मेडिकल कलेजबाट उत्पादित जनशक्ति देशका विभिन्न स्थानमा पाउँदा गौरब लाग्ने डा. अन्सारीले जिकीर गरे ।

यस्तै, कार्यक्रमका अर्का विशिष्ट अतिथि कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले विद्यार्थीले हासिल गरेको ज्ञान र सीपलाई सही सदुपयोग गर्न सुझाए । मानवलाई बचाउनु जत्तिको पुण्य काम अन्य नभएको चर्चा गर्दै अन्सारीले स्वास्थ्य सेवा व्यवसाय नभएको पनि जिकीर गरे । ‘तपाईहरु आफ्नो व्यवसाय प्रति इमान्दार हुनुपर्छ । जो कोही डाक्टर बन्न सक्दैनन्, डाक्टर बन्न मेहनत मात्र हैन अरुलाई सेवा गर्छु भन्ने भावना पनि ह्दयमा हुनुपर्छ ।’ अन्सारीले भने ।

सो अवसरमा कलेजले नयाँ एमआरआई समेत सञ्चालनमा ल्याएको छ । अत्याधुनिक उक्त एमआरआई बिरामीको स्वास्थ्य सेवा र रोग पहिचानमा न्यूनतम शुल्क लिएर प्रयोग गर्ने बताइयो ।

कलेजले १७ औं ब्याचका विद्यार्थीहरुलाई विदाई गरेको हो । सो अवसरमा कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरेका थिए । कार्यक्रममा पुर्वसांसद अजय द्विवेदी, मधेश प्रदेशसभा सदस्य रहबर अन्सारी, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल लगायतको उपस्थिति रहेको थियो ।













0 प्रतिकृया