Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


काभ्रेको देवीटारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
पौष, १४, २०७९


काभ्रेको देवीटारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, १४ पुस । काभ्रेपलाञ्चोकको देवीटारमा काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर गरेको छ । बिहीबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ७४२ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य शिविर धुलिखेल नगरपालिका वडा नं. १ सँगकाे सहकार्यमा भएकाे हाे ।

स्वास्थ्य शिविरमा केएमसीका विशेषज्ञ चिकित्सकहरुले सो क्षेत्रका महिला तथा बालबालिका, जेष्ठ नागरिक र सर्वसाधारणको स्वास्थ्य परीक्षण गरे । केएमसीका जनरल मेजेनर नारायण दाहालका अनुसार स्वास्थ्य शिविरमा ८९ जनाको इसिजी, ११३ जनाको ल्याब परीक्षण तथा १२८ जनाको भिडियो एक्स–रे गरिएको छ । त्यस्तै, १२ जनालाई ओ.टी. रेफर गरिँदा ९ जनाको दाँत खोलिएको छ ।

केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा स्त्री रोग, बालबालिका, नसा तथा हाडजोर्नी, नाक कान घाँटी, आँखा तथा दन्त रोग र जसरल मेडिसिन डाक्टरहरुले बिरामी जाँच गर्ने गर्दछन् । स्वास्थ्य शिविरमा आएका बिरामी थप उपचारका लागि केएमसी आए वेड चार्ज तथा अन्य सेवाहरुमा छुट दिने व्यवस्था गरिएको छ ।

केएमसीको गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच पुर्याउने उद्देश्यले गाँउगाँउमा निःश्ल्क स्वास्थ्य शिविर पुर्याइएको हो । २ वर्षयता केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट लाभान्वित हुने सर्वसाधारणको हज्जारौं पुगेको छ । समाजसेवी, मेडिकल शिक्षा र स्वास्थ्य सेवामा २ दशकदेखि समर्पित केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका हुन् । हाल डा. शर्मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गइसकेका छन् ।

















0 प्रतिकृया