Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


काठमाडौंको नैकापमा केएमसीको स्वास्थ्य शिविर

एक्सन खबर
पौष, २०, २०७९


काठमाडौंको नैकापमा केएमसीको स्वास्थ्य शिविर

काठमाडौं, २० पुस । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले नैकापमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । केएमसीले आज बुधबार नैकाल कालिकास्थानमा जेष्ठ्य नागरिक आमा बुबा आमा घर, जेष्ठ्य नागरिक चौतारीसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

उक्त स्वास्थ्य शिविरमा ६२१ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएकोमा ८६ जनाको इसिजी, १०३ जनाको ल्याब परीक्षण, ९२ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । ‘नैकापमा निःशुल्क स्वास्थ्य शिविरमा केएमसीका नाक कान घाँटी, आँखा, दन्त रोग, स्त्री रोग, बालबालिका, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी लगायतका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए ।’ उनले भने ।

निःशुल्क स्वास्थ्य शिविरमा ९ जनाको दाँत खोलिएको थियो भने, २१ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । शिविरमा आएका सामान्य बिरामीहरुलाई औषधीहरु पनि वितरण गरिएको थियो ।

सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले सुरु गरेको निःशुल्क स्वास्थ्य शिविरबाट महिला तथा बालबालिका, जेष्ठ्य नागरिक तथा विपन्न समुदायका बालबालिका बढी लाभान्वित भएका छन् । डा. शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएपनि केएमसीले उनले सुरु गरेको अभियानलाई जारी राखेको छ ।  















0 प्रतिकृया