सांसद डा. शर्माको निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरुकाे सेवा
एक्सन खबर
विराटनगर, २२ पुस । मोरङ क्षेत्र नं. ३ का सांसद डा. सुनिल शर्माले थालनी गरेको विशेषज्ञ डाक्टरहरु सहितको निःशुल्क स्वास्थ्य सेवाबाट ६५६ जना बिरामी लाभाञ्वित भएका छन् । समाजसेवी समेत रहेका डा. शर्माले चुनाबी बाचा अनुसार प्रत्येक महिला एमडी एमएस सहितको विशेषज्ञ टोली सम्मिलित टोलीलाई जनताका घरदैलोमै पुर्याउँदै स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।
शुक्रबार नोबेल शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरुले मोरङको बेलबारीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १०९ जनाको इसिजी, ९२ जनाको ल्याब परीक्षण तथा १८९ जनाको भिडियाे एक्सरे समेत गरिएको नोबेलका अस्पताल प्रवन्धक नारायण दाहालले जानकारी दिए ।
उक्त स्वास्थ्य शिविरमा ५५ जनाको इको परीक्षण तथा २२ जनाको दाँत खोलिएको छ । नोबेल शिक्षण अस्पतालको सेवा सुविधालाई गाउँगाउँमा पुर्याउँदै जनतालाई समयमै सर्वसुलभ गुणस्तरीय सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सकहरु सम्मिलित बताइएको छ । शिविरमा सांसद डा. शर्माका मातापिता लाेकनाथ न्याैपाने र हाेमादेवी न्याैपानेकाे समेत सहभागीता थियाे ।
नोबेलको स्वास्थ्य शिविरमा फोक्सो रोग विशेषज्ञ प्रा.डा. रामहरि घिमिरे, स्त्री रोग विषेशज्ञ प्रा.डा. शान्ती सुवेदी, हाडजोनी विशेषज्ञ डा. रञ्चित झा, छाला रोग विशेषज्ञ डा. मनिष प्रधान, मानसिक रोग विशेषज्ञ डा. मुक्ति आचार्य, नाक कान घाँटी डा. विवेक गौतम, मुटु रोग विशेषज्ञ डा. दिपक बरालले स्वास्थ्य सेवा दिएका थिए ।
त्यस्तै गरी, बाल रोग विशेषज्ञ डा. अरुण गिरी, आँखा रोग विशेषज्ञ डा. कुमुद झा सहित दन्तरोग विशेषज्ञ डाक्टरहरुले सेवा दिएको नोबेलले जनाएको छ । नोबेलले प्रत्येक महिला एक पटक विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्दा प्रत्येक शुक्रबार एम्बुलेन्स क्याम्प समेत सञ्चालन गर्ने गरेको छ । स्वास्थ्य शिविरमा नोबेलका रेडियोलोजिष्ट डा. महेश गौतम तथा वाथ रोग विशेषज्ञ डा. मनोज यादवले समेत सेवा दिइरहेका छन् ।
नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले आफ्ना क्षेत्रका नागरिकलाई घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा पुर्याउने अभियान चलाइरहेका छन् । सो क्षेत्रमा यसअघि पटकपटक मन्त्री तथा स्वास्थ्य मन्त्री भएका एमालेका नेता भानुभक्त ढकालले स्वास्थ्य, शिक्षा क्षेत्रमा सिन्को नभाँचेपनि डा. शर्माले व्यक्तिगत तवरबाट महत्वपूर्ण योगदान दिइरहेका छन् ।
डा. शर्मा आफ्ना क्षेत्रका जनता शिक्षा तथा स्वास्थ्य सेवाबाट बञ्चित हुनुहुँदैन भन्ने मान्यतामा छन् । उनले गएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भारी मतले विजयी भएको ७२ घण्टाभित्रै नोबेल शिक्षण अस्पतालमा आफ्ना क्षेत्रका जनताका लागि ५० वेडको निःशुल्क क्याबिन समेत सञ्चालन गरेका छन् ।
थयग
0 प्रतिकृया