Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


भिमसेन स्थानमा केएमसीकाे स्वास्थ्य शिविरबाट १२६३ जना लाभान्वित

एक्सन खबर


भिमसेन स्थानमा केएमसीकाे स्वास्थ्य शिविरबाट १२६३ जना लाभान्वित

काठमाडौं, २६ पुस । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले आज भिमसेन स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केएमसीले कामना न्यूज पब्लिकेसन नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठानसँगको सहकार्यमा काठमाडौं महानगरपालिका वडा नं. २० मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

उक्त शिविरमा १२६३ जना सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार स्वास्थ्य शिविरमा ८६ जनाको इसिजी, ११५ जनाको ल्याब परीक्षण र १२७ जनाकाे भिडियाे एक्सरे गरिएको छ । स्वास्थ्य शिविरमा केएमसीका विशेषज्ञ चिकित्सकहरुले बिरामी जाँचेका थिए ।

बर्तमान प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले केएमसीको स्वास्थ्य सेवालाई समुदाय स्तरमा लैजान सुरुवात गरेका थिए । सांसदमा निर्वाचित हुनु अगाडी केएमसीको कार्यकारी अध्यक्ष रहेका डा. शर्माले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ निःशुल्क स्वास्थ्य सेवा सुरु गरेका थिए । उनको यो अभियानले जनसमुदाय खासगरी गरिब, विपन्न वर्ग, महिला, बालबालिका तथा जेष्ठ्य नागरिकहरु बढी लाभाञ्वित भइरहेका छन् ।
















0 प्रतिकृया