Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


माघ दास्रो सातादेखि एसियाडलाई लक्षित गरी नियमित प्रशिक्षण

एक्सन खबर
पौष, २७, २०७९


माघ दास्रो सातादेखि एसियाडलाई लक्षित गरी नियमित प्रशिक्षण

काठमाडौं, २७ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदको तयारीलाई लक्षित गरी नियमित प्रशिक्षण माघ दोस्रो सातादेखि सुरु गर्ने भएको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङको उपस्थितिमा हाइ पर्फमेन्स कमिटीका जेष्ठ सदस्य हरिहर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नेपालले एसियाली खेलकुदमा सहभागिता जनाउने सम्भावित २३ खेलको नियमित प्रशिक्षण ९० दिनको हुने कमिटीका सचिव हिमालराज दाहालले जनाएका छन् । सचिव दाहालका अनुसार करिब ५ सय १४ खेलाडी तथा करिब ६६ प्रशिक्षक नियमित प्रशिक्षणमा सहभागी हुनेछन् । नियमितपछि क्रमशः विशेष, बन्द र वैदेशिक प्रशिक्षण हुनेछ ।

प्रशिक्षण सुरु हुनुअघि माघ २ देखि ४ गते सम्बन्धित खेलका राष्ट्रिय संघ तथा मुख्य प्रशिक्षकलाई छलफलका लागि बोलाइने छ । बैठकमा केहि खेलका लागि विदेशी प्रशिक्षक झिकाउने तथा केहि खेलका प्रतिभावान खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने विषयमा पनि छलफल भएको थियो ।

यसअघि राखेपले एसियाली खेलकुद सुरु हुन १ वर्ष बाँकी छँदै ४५ दिने प्रशिक्षणको सुरुआत गरिसकेको थियो । त्यत्ति बेला एसियाली खेलकुद २०२२ को सेप्टेम्बर हुने भनिए पनि कोरोना भाइरसका कारण एसियाली खेलकुद १ वर्षलाई स्थगित गरिएको थियो ।













0 प्रतिकृया