Follow us:


Follow us

१७ साउन २०८३, आइतवार
१७ साउन २०८३, आइतवार


जब केपी ओली स्कुले बालबालिकासँगै सडकमा पाेलेकाे मकै खान थाले (फाेटाे फिचर)

एक्सन खबर
फागुन, २६, २०७९


जब केपी ओली स्कुले बालबालिकासँगै सडकमा पाेलेकाे मकै खान थाले (फाेटाे फिचर)

काठमाडाैं, २६ फागुन । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्कुले बालबालिकासँग रमाउँदै सडकमा पाेलेकाे मकै खाएका छन्र । पार्टी कार्यालय च्यासलबाट घर बालकाेट फर्कँदै गर्दा अध्यक्ष ओलीले आज विद्यालयका बालबालिकाहरुसँग बाटोमै भेट गरेर सँगै सडकमै पोलेको मकै पनि खाएका हुन् ।

उनी पार्टी कार्यालयबाट घर फर्कँदै गर्दा बाटोमा स्कूल छुटेर घर फर्कदै गरेका बालबालिकाहरुसँग भेट गरेका थिए । साेही क्रममा उनले सडकमा पाेलेकाे मकै खाँदै बालबालिकाहरूसँग रमाइलो पनि गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बालबालिकाहरूसँग मकै खाएकाे फाेटाे शेयर गर्दै ओलीले भनेका छन्–‘पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो । नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो ।’

अध्यक्ष ओलीले स्कुले बालबालिका र सडकमा मकै पाेलेर बेचिरहेकी महिलासँग कुराकानी गर्न थाल्दा बटुवा र स्थानीय समेत चकित परेका थिए । कतिपयले प्रधानमन्त्री भइसकेकाे, एउटा शक्तिशाली पार्टीकाे अध्यक्ष सर्वसाधारण जसरी नागरिकका विचमा रहेर व्यवहार गर्नु सादगीपनकाे उच्च नमुना भएकाे बताए । ‘उच्च ओहदामा पुगेकाहरू भूइँ मान्छेसँग विरलै भेटिन्छन् । तर, उहाँ त कुनै संकाेच, सुरक्षा विना सडकमै उभिएर मकै खाँदै बालबालिकासँग कुरा गर्न थाल्नुभयाे ।’ एक स्कुले बालिकाका अभिभावकले भने ।























0 प्रतिकृया