Follow us:


Follow us

२ असोज २०८३, शुक्रवार
२ असोज २०८३, शुक्रवार


आज घोडे जात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

एक्सन खबर
चैत, ७, २०७९


आज घोडे जात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं, ७ चैत । आज चैत्र कृष्ण औंसी अर्थात् घोडे जात्रा पर्व । काठमाडाैं उपत्यकामा घोडे जात्रा पर्व विशेषरूपमा मनाइने गरिन्छ । सरकारले यस अवसरमा उपत्यकामा सार्वजनिक विदा दिएकाे छ ।

टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको जनविश्वासअनुसार पीडित जनताले विभिन्न उपायले उक्त राक्षस संहार गरे । यद्यपि, राक्षसको प्रेतात्मा जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

बालबालिकाहरूलाई उक्त प्रेतात्माबाट बचाउन प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी घोडाको टापले कुल्चाएर दबाउने गरिएको किंवदन्ति रहेकाे छ । आजै राति  उक्त प्रेतात्मा गुरूपामालाई खाना पनि दिइने गरिएकाे छ । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी खानेकुरा दिइने गरिएकाे छ ।

नेपाली सेनाले आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्नेछन् ।

आजकाे दिन ललितपुरकाे पाटनमा एक आँखा नभएकाे, कानाे एकल घोडेजात्रा मनाइन्छ । बालकुमारीमा हुने ओल्खु चिबहाः टोलको ज्यापुको भीमसेन गुठीले यो जात्रा सम्पन्न गर्दै आएको छ ।

यो एकल घोडेजात्रा गर्नेक्रममा सबैभन्दा पहिला पाहाँचर्‍हेको दिन अर्थात् घोडेजात्राको एक दिनअगाडि पाटनको ओल्खु चिबहाः टोलका ज्यापुले महाभारतका पात्र पाँच पाण्डवको मूर्ति रहेको मङ्गलबजारको भीमसेनस्थानमा छ्वयलाभु गर्ने भनी राँगो बलि दिइन्छ । यो बलिमा चढाएको राँगोलाई कृष्ण देगलको उत्तरपट्टी जलाईन्छ । यसरी बलि दिई पूजा गर्ने बेलामा भीमसेनले किचक वध गर्नुका साथै भीमसेनको वर्णन गरिएको स्तूति दाफा भजनमा गाइन्छ ।













0 प्रतिकृया