Follow us:


Follow us

३१ असार २०८३, बुधवार
३१ असार २०८३, बुधवार


आज रामनवमी, मधेश प्रदेशमा सार्वजनिक बिदा

एक्सन खबर
चैत, १६, २०७९


आज रामनवमी, मधेश प्रदेशमा सार्वजनिक बिदा

काठमाडाैं, १६ चैत्र । त्रेतायुगमा मर्यादा पुरुष भगवान रामको जन्म भएको दिन आज रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राम मन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाआजा गर्नेको घुइँचो लागेको छ ।

आज मधेश प्रदेशकाे राजधानी जनकपुरधाममा रहेकाे जानकी मन्दिरमा विशेष पुजाआजा हुन्छ । मधेश सरकारले प्रदेशमा आज सार्वजनिक विदा दिएकाे छ । जनकपुरधाममा राम नवमीमा सहभागी हुन नेपाल तथा छिमेकी देश भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरू जनकपुर आएका छन् ।

आजको दिन देशभरी रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमहरुमा स्नान ध्यान गरी व्रत बसी रामगीता पाठ, अध्यात्म वाल्मीकि र तुलसीकृत-रामायण वाचन गर्नुका साथै भगवान रामको पूजाआराधना गरी जाग्राम बस्ने परम्परा रहिआएको छ । अयोध्याका राजा दशरथको ज्येष्ठ पुत्र भई भगवान विष्णुको सातौँ अवतारको रुपमा जन्मेको कथन छ । रामले मिथिलाका राजा जनकका पुत्री सीतासित विवाह गरेका थिए ।

राम, सीता, लक्ष्मणले १४ वर्षकाे वनबास बसे । आफ्नो पिताको कठोर आज्ञा पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएकाले रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री रामका साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको धार्मिक ग्रन्थहरूमा छ ।

हिन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । यसै क्रममा राजधानीको बत्तिसपुतली स्थित राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेकाे छ । यहाँ ललितपुर, भक्तपुरबाट भक्तजन पूजाका लागि आउँछन् ।













0 प्रतिकृया