Follow us:


Follow us

१६ वैशाख २०८२, मङ्गलवार
१६ वैशाख २०८२, मङ्गलवार


आज लाग्ने सूर्य ग्रहणकाे दाेष किन लाग्दैन ?

एक्सन खबर
बैशाख, ७, २०८०




आज लाग्ने सूर्य ग्रहणकाे दाेष किन लाग्दैन ?

काठमाडौं, ७ वैशाख । आज लाग्ने सूर्य ग्रहण नेपालबाट देखिँदैन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।

आज लाग्ने सूर्य ग्रहण चीन, मंगोलिया लगायत देशबाट देखिन्छ ।

वैशाख कृष्ण औंसीका दिन (वैशाख ७ गते) लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भनेका छन् । साथै, ग्रहण बार्नुपनि पर्दैन ।

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते सूर्य ग्रहण लाग्दै छ । यी तीनै पटकका ग्रहण नेपालबाट देखिने छैनन् । कात्तिक ११ गते लाग्ने चन्द्र ग्रहण भने नेपालबाट देखिन्छ ।














0 प्रतिकृया