Follow us:


Follow us

१६ वैशाख २०८२, मङ्गलवार
१६ वैशाख २०८२, मङ्गलवार


इस्लाम धर्मावलम्बीले महान् पर्व ‘इदुलफित्र’ मनाउँदै

एक्सन खबर
बैशाख, ९, २०८०




इस्लाम धर्मावलम्बीले महान् पर्व ‘इदुलफित्र’ मनाउँदै

काठमाडाैं, ९ बैशाख । आज इद अर्थात् इस्लाम धर्मावलम्बीकाे आफ्नो महान् पर्व ‘इदुलफित्र’ मनाउँदैछन् । एक महिनासम्म कठाेर व्रत (राेजा) बसेका मुस्लिम समुदायले आज एकापसमा शुभकामना साटासाट गर्दै इद मनाउँदैछन् ।

‘रमजान’ पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ खाएर दिनभर पानी समेत नपिइकन निराहार बस्ने  गर्छन् । व्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठामिठा खानेकुरा खाएर रोजा खोल्ने चलन छ ।

रमजान हिजरी संवत् १४४४ हो भने रमजान महिना नवौँ महिना रहेकाे उर्दू क्यालेन्डरमा उल्लेख गरिएकाे हुन्छ । रमजान महिनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएकोले यो महिनामा अल्लाहको निगाह प्राप्त हुने विश्वास छ ।

इस्लाम धर्मावलम्बीले इदका अवसरमा कमाइकाे निश्चित भाग गरिब र दीनदुःखीलाई दान गर्ने गर्छन् । साथै, जकात निकाल्नु यो महिनाको अर्काे विशेषता हो । रमजानमा व्रत बस्ने आज साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएपश्चात एकआपसमा इद मुबारक भन्दै शुभकामना साटासाट गर्ने प्रचलन छ ।

रमजान महिना मुसलमानका लागि पवित्र महिना पनि भएकाेले यसमा मुसलमानका पाँच आधार स्तम्भमा हजबाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । इदुलफित्र मनाउन आज मुस्लिमजन ‘मस्जिद’मा भेला भएर सामूहिक रूपमा नमाज पढ्दै शुभकामना साटासाट गर्नेछन् ।













0 प्रतिकृया