Follow us:


Follow us

१६ वैशाख २०८२, मङ्गलवार
१६ वैशाख २०८२, मङ्गलवार


आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाईंदै

एक्सन खबर
बैशाख, १०, २०८०




आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाईंदै

काठमाडौं, १० वैशाख । आज वैशाख शुक्ल तृतीया जौको सातु र सर्वत खाएर मनाइँदैछ । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमकाअनुसार वैशाख शुक्ल तृतीयाकै दिनदेखि त्रेता युग सुरु भएको हो ।

अष्ट चिरञ्जीवीमध्ये एक परशुराम अवतारको जन्म भएकोले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइने गरिन्छ । यही दिन शिव–पार्वतीको विवाह पनि भएकोले विशेष रुपमा हेरिन्छ ।

अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा उच्च राशिमा ज्योतिषशास्त्रमा उल्लेख छ । आजको दिन स्वयंसिद्ध मुहूर्त भएकाले पञ्चांग नहेरी शुभकार्य गर्न सकिन्छ । विवाह, गृहप्रवेश, पदभार ग्रहण, सुन खरीद, नयाँ सामान खरीद, सवारी साधन खरीद, भूमि पूजाका लागि आज अति उत्तम हुने विश्वास छ । यी शुभ कार्यहरु गर्दा आज साइत हेर्नुपर्दैन ।

आजको दिन गरिएको दानबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने पुण्य प्राप्त हुने जनविश्वास छ । वैशाख महिनालाई विष्णुको महिना समेत मानिएकाले यो महिना भगवान विष्णुको आराधना गर्दा पुण्य प्राप्त हुने विश्वास छ ।

उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाइन्छ ।













0 प्रतिकृया