Follow us:


Follow us

१६ वैशाख २०८२, मङ्गलवार
१६ वैशाख २०८२, मङ्गलवार


२५६७ औं बुद्ध जयन्ती धुमधामका साथ मनाइँदै

एक्सन खबर
बैशाख, २२, २०८०




२५६७ औं बुद्ध जयन्ती धुमधामका साथ मनाइँदै

काठमाडौं, २२ वैशाख । आज बैशाख पुर्णिमा अर्थात् भगवान गाैतम बुद्धकाे जन्म जयन्ती । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएकाे भन्दै धुमधामका साथ मनाइँदैछ । उनकाे जम्न लुम्विनीमा भएकाे हाे ।

गाैतम बुद्धले जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै दिन प्राप्त गरेकाेले आजकाे दिन बाैद्ध धम्मावलम्बीहरूले विशेष रूपमा मनाउने गर्दछन् । सिद्धार्थ गौतमले भारतको बोधगया पुगेर तपस्या गर्दै गर्दा बुद्धत्त्व प्राप्त गरेका थिए ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । आज नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । साथै, बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्ध स्तुपा लगायतमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइने गरिएकाे छ ।

आजभन्दा २५६७ वर्षअघि इसापूर्व इसापूर्व ५६३ मा रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमले राजपाठ त्यागेर उनान्तीस वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ ।















0 प्रतिकृया