Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालकाे विजयी सुरुवात

एक्सन खबर
जेठ, ८, २०८०


काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालकाे विजयी सुरुवात

काठमाडाैं, ८ जेठ । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले विजयी सुरुवात गरेको छ । पाहुना टोली किर्गिस्तानलाई सोझो सेटमा हराउँदै  नेपालले विजयी सुरूवात गरेकाे हाे ।

नेपालले किर्गिस्तानलाई २५-११, २५-१९ र २५-११ को सोझो सेटमा पराजित गरेको छ । पहिलो र दोस्रो सेटमा अग्रता कायम गर्दै जितेको नेपालले तेस्रो सेटमा नेपाल किर्गिस्तानसँग ६-४ ले पछि परेपनि पुनरागमन गर्दै तेस्रो सेट पनि जित्यो ।

आजको खेलमा ओपन स्पाइकरद्वय निरुता ठगुन्ना र उषा भण्डारीको जोडीले उत्कृष्ठ खेले । आजको खेलमा संगम महतो र रिमा कुँवरले राष्ट्रिय टिममा डेब्यु गरे । आजको जितसँगै नेपालले महत्वपूर्ण ३ अंक बटुलेको छ । नेपालले दोस्रो खेल भोलि मंगलबार बंगलादेशसँग खेल्नेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको उद्घाटन खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-० को सोझो सेटमा हराएकाे छ ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) मा आबद्ध १४ मध्ये विश्व भलिबलमै आफ्नो उपस्थिति गराइसकेको काजखस्तान तथा दक्षिण एसियाको बलियो टोली भारतसहित ८ टिम प्रतियोगितामा सहभागी छन् ।

नेपाल लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्ने लक्ष्यमा छ । यो समूहमा नेपाल र किर्गिस्तानसहित भारत र बंगलादेश छन् ।













0 प्रतिकृया