म्यानचेस्टर सिटीलाई पहिलाे पटक च्याम्पियन्स लिगकाे उपाधि
एक्सन खबर
काठमाडौं, २८ जेठ । म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि पहिलोपल्ट जितेको छ । इंग्लिस प्रिमियर लिग म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग जितेसँगै सिजनकाे तीन उपाधी (ट्रेवल) जित्याे ।
टर्कीको स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटालीको इन्टर मिलानलाई १-० ले पराजित गर्दै सिटी पहिलाेपल्ट च्याम्पियन्स लिग विजेता बनेकाे हाे ।
खेलमा सिटीको लागि रोड्रीले ६८औं मिनेटमा गोल गरे । युरोपियन च्याम्पियन्स लिग जित्ने सिटी छैटौं इंग्लिस क्लब बनेको छ । यो सिजन सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ ।
यसअघी म्यानचेस्टर युनाइटेडले १९९९ मा घरेलु लिग, कप र युरोपियन कप एकै सिजनमा जितेकाे थियाे । जर्मनीको बायर्न म्युनिख र स्पेनको बार्सिलोनाले पनि ट्रेवल जितेका छन् । प्रशिक्षक पेप ग्वार्डिओलाले प्रशिक्षकको रुपमा दोस्रो क्लबबाट च्याम्पियन्स लिग हात पारे । उनले यसअघि बार्सिलोनामा दुई च्याम्पियन्स लिग जितेका थिए ।
0 प्रतिकृया