आज बकर इद, सार्बजनिक बिदा
काठमाडौं, १४ असार । इस्लाम धर्मालम्बीहरुको महान पर्व बकर इदको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले जारी गरेको सुचना अनुसार असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय अनुसार आज बिदा हुन लागेको हो ।
‘नेपाल राजपत्रमा मिति २०७९ चैत २ गतेका दिन प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद (इद उल अजहा) विसं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।
बकर इद मुस्लिम समुदायको महान् पर्व हो । बकर इदमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मदरसा, इदगाह, मस्जिदमा गएर सामूहिक नमाज पढने गर्दछन् । नमाज पढि सके पछि एक आपसमा शुभकामना साटफेर गर्ने गर्छन् ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहि आएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत् अनुसार १४३६ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हाे ।
0 प्रतिकृया