Follow us:


Follow us

१९ साउन २०८३, मङ्गलवार
१९ साउन २०८३, मङ्गलवार


मस्जिदमा बकर इदको रौनक (फोटोफिचर)

एक्सन खबर
असार, १४, २०८०


मस्जिदमा बकर इदको रौनक (फोटोफिचर)

काठमाडौं, १४ असार । इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद मनाउने क्रम जारी छ । यस अवसरमार सरकारले सार्बजनिक बिदासमेत दिएको छ ।

आज सोही अवसरमा घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा नमाज पढेका छन् भने एक अर्कासँग सामुहिक रुपमा शुभकामना आदन प्रदान गरेका छन् ।

वकर इदकाे अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभकामना दिँदै इद–उल–अज्हा (बकर इद) पर्वले सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गरेका छन् ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि शुभकामना सन्देश जारी गर्दै विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताएका छन् ।

विविधतायुक्त विशेषता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएको प्रधानमन्त्रीकाे सन्देश छ ।

हेर्नुहाेस् फाेटाे फिचर























0 प्रतिकृया