Follow us:


Follow us

१९ असोज २०८१, शनिवार
१९ असोज २०८१, शनिवार


शनिवार साँझ विश्वभरी ट्विटर डाउन

एजेन्सी
असार, १७, २०८०


शनिवार साँझ विश्वभरी ट्विटर डाउन

काठमाडौं, १७ असार । माइक्रोब्लगिङ साइट ट्विटर शनिबार साँझ विश्वभर डाउन भएकाे छ । धेरै संख्यामा प्रयोगकर्ताहरूले यसबारे गुनासो गरेका छन् । उनीहरूले आफ्नो ट्वीट पुनः प्राप्त गर्न असमर्थ भएको बताएका थिए ।

रिपोर्टका अनुसार ३०० भन्दा बढी ट्विटर प्रयोगकर्ताहरूले डाउन डिटेक्टर साइटमा समस्याको बारेमा गुनासो गरेका थिए ।ट्विटर प्रयोगकर्ताहरूले पनि फलोअरहरू हराएको र टाइमलाइनहरू हराएको गुनासो गरे ।

अनलाइन सेवा अवरोधहरू अनुगमन गर्ने वेबसाइट डाउन डिटेक्टरका अनुसार हजारौं प्रयोगकर्ताहरूले ट्विटर डाउन भएपछि माइक्रो ब्लगिङ वेबसाइटमा समस्याहरू रिपोर्ट गरेका हुन् ।

ट्वीट हेर्न वा पोस्ट गर्ने प्रयास गर्दा प्रयोगकर्ताहरूले ट्वीट पुनः प्राप्त गर्न नसक्ने समस्याको सामना गरे । तर, यो समस्या थोरै मानिसमा मात्र सीमित रहेको भन्दै ट्वीटरमा संसारभरि कतै पनि समस्या नभएको पनि बताइएको छ ।

डाउन डिटेक्टरका अनुसार सबैभन्दा धेरै रिपोर्ट गरिएका समस्याहरूमध्ये ४५ प्रतिशत एपमा, ४० प्रतिशत वेबसाइटमा र बाँकी १५ प्रतिशत फिडमा थिए । यद्यपी ट्विटरले यस समस्याको बारेमा अहिलेसम्म कुनै बयान जारी गरेको छैन । यस वर्षको मार्चमा पनि ट्वीटरले विश्वव्यापी आक्रोशको सामना गर्नु परेको थियो ।













0 प्रतिकृया