Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


कारमा ग्याँस सिलिण्डर पड्किँदा सात पाकिस्तानीकाे मृत्यु

एजेन्सी
असार, २४, २०८०


कारमा ग्याँस सिलिण्डर पड्किँदा सात पाकिस्तानीकाे मृत्यु

लाहाैर, २४ असार । पाकिस्तानको पञ्जाब प्रान्तमा शनिबार एउटा ठूलो दुर्घटना भएको छ । पञ्जाबको सरगोधा जिल्लाको भलवल तहसीलमा रहेको सरकारी कलेज अफ कमर्स नजिकै एउटा गाडीको ग्यास सिलिन्डर विस्फोट भएको अधिकारीहरूले बताएका छन् ।

यसबाट सात जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।दुर्घटना बारे उद्धार ११२२ को नियन्त्रण कक्षले जानकारी दिदैँ सात जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । अन्य १४ जना घाइते भएका छन्, जसमध्ये सात जनाको अवस्था गम्भीर छ ।

सबैलाई भलवल तहसील मुख्यालय अस्पतालमा भर्ना गरिएको छ । मृतकमध्ये पाँच जनाको सनाखत हुन सकेको छैन । स्रोतका अनुसार शनिवार ८:३५ बजे रेस्क्यू ११२२ लाई सिलिन्डर विस्फोट भएको फोन आएको थियो ।

नौ एम्बुलेन्स, तीन दमकल र एक उद्धार गाडी सात मिनेटमा घटनास्थलमा पठाइएकाे थियाे । गारा ब्रदर्स ट्रान्सपोर्टको हाइएस गाडीमा पेट्रोलियम ग्यास सिलिन्डरबाट ग्यास चुहिएर आगलागी भएको बताइएको छ । अस्पताल पुर्‍याइएको घाइतेहरूमा चार र १२ वर्षका दुई बालबालिका र ५० वर्षका दुई वृद्ध पुरुषहरू थिए ।

गत महिना देशभर तीनवटा छुट्टाछुट्टै ग्यास सिलिण्डर विष्फोटमा परी तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।













0 प्रतिकृया