Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


छाेरालाई पति मानेर ८ वर्षसम्म ‘सेक्स स्लेभ’

एजेन्सी
असार, २४, २०८०


छाेरालाई पति मानेर ८ वर्षसम्म ‘सेक्स स्लेभ’

न्युयाेर्क, २४ असार । अमेरिकामा आमा छोराको सम्बन्धलाई एक महिलाले लाजमर्दो बनाएकी छिन् । ह्युस्टन प्रहरीले एउटा अचम्मको खुलासा गरेको छ ।

८ वर्षदेखि बेपत्ता भएका व्यक्तिले आफ्नो व्यथा सुनाएपछि सबै छक्क परे । आठ वर्षअघि किशोरावस्थामा बेपत्ता भएका टेक्सासका व्यक्तिले आफ्नी आमासँग पूरै समय बसेको प्रहरीले खुलासा गरेको छ ।

आमा रुडी फारियास अब दुर्व्यवहारको आरोपको सामना गरिरहेका छन् । फक्स न्यूज रिपोर्टका अनुसार रुडीकी आमा जेनी सान्तानाले उनलाई झण्डै एक दशकसम्म दासको रूपमा राखिन्, उनीसँग झूटो बोलिन् र दुर्व्यवहारसमेत गरिन् ।

स्थानीय सामाजिक कार्यकर्ता क्वानेल एक्सले दावी गरे कि 'उनी छाेरालाई ड्याडीकाे भुमिका निभाउन दबाब दिन्थिन र छाेरालाइ भन्थिन, ‘तिमी मेराे श्रीमान बन्नु पर्छ ।’ उनले जेनी सान्टानाले रुडीलाई धम्की दिँदै प्रहरीलाई केही यसबारेमा केही बताए भने समस्यामा पर्नेसमेत धम्की दिदैँ आएकी थिइन् ।

रिपोर्टमा भनिएको छ कि ह्युस्टन पुलिसले बुधबार हराएका छाेरासहित क्वानेल एक्स, उनकी आमाजेनी सान्तानाको उपस्थितिमा सोधपुछ गरेको थियो ।

घटनाले बिहीबार अप्रत्याशित मोड लियो जब हराइरहेका भनिएका छाेरा चर्च बाहिर जिउँदै फेला परे र प्रहरीले त्यसबारेमा जानकारी दिइयाे । त्यसपछि मात्रै आमा छाेराकाे सबन्धका बारेमा बाहिर कुराहरू आएका हुन । उनकी आमाले झूटो विबरण दिएर प्रहरीलाइ गुमराहमा पारिन । जबकी उनका छाेरा आठ वर्षदेखि उनीसँग बस्दै आएका थिए ।

‘रुडी अझै हराइरहेको भन्दै आमाले प्रहरीलाई धोका दिईरहिन्’ प्रहरीको भनाइ छ । नाबालिगलाई यौन दुब्यवहार गरेको र अपहरण गरेको आरोपमा प्रहरीले ती महिलालाई हिरासतमा लिएको छ । रुडीको काउन्सिलिङ भइरहेको छ ।














0 प्रतिकृया