Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


इको फोरम ग्लोबल गुइयाङमा नेपाली टोलीको उत्साहजनक सहभागीता

एक्सन खबर
असार, २४, २०८०


इको फोरम ग्लोबल गुइयाङमा नेपाली टोलीको उत्साहजनक सहभागीता

काठमाडौं, २४ असार । पारिस्थितिक सभ्यताको विषयवस्तुमा रहेको विश्वव्यापी मञ्च ‘इको फोरम ग्लोबल गुइयाङ २०२३’ आइतबार दक्षिणपश्चिम चीनको गुइझाउ प्रान्तको राजधानी गुइयाङमा सम्पन्न भएको छ । यस वर्षको फोरम ‘मानवता र प्रकृति बीचको सद्भावको आधुनिकीकरणलाई पछ्याउँदै–हरियो र कम कार्बन विकासलाई बढावा दिँदै’ भन्ने नारामा आयोजना गरिएको थियो ।

शनिबार र आइतबार सम्पन्न फोरममा चीनको मौसम प्रशासनले जलवायु परिवर्तन सम्बन्धी निलोपत्र जारी गरेको छ । जसले चीन, एसिया र विश्वभरका नयाँ जलवायु प्रवृत्तिहरूको विश्लेषण गर्दछ ।

फोरम मानिस र प्रकृतिबीचको सामञ्जस्यपूर्ण सहअस्तित्वको आधुनिकीकरण र हरित तथा न्यून कार्बन विकासलाई प्रवद्र्धन गर्ने विषयमा केन्द्रित रहेको नेपाली प्रतिनिधि मण्डलकी सदस्य सांसद भगबती चौधरीले जानकारी दिइन् ।

‘प्रकृति र मानिस विचको अन्तरद्वन्द्वलाई कम गरी दुवैको सहअस्तित्वलाई संरक्षण गर्न र हरित तथा न्यून कार्बन विकासमा फोरमले जोड दिएको छ । १४ वटा पर्यावरणीय सभ्यता निर्माण र हरित विकासमा ग्लोवल सहमति गरेको छ ।’ चौधरीले बताइन् । फोरममा नेपाली प्रतिनिधिमण्डलले उत्साहजनक रुपमा सहभागिता जनाएको चौधरीले जानकारी दिइन् ।

उक्त समारोहमा इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचर (आइयुसिएन) ले आफ्नो हरित सूचीमा राखेका चीनका १३ वटा प्राकृतिक सम्पदाका लागि अवार्ड पनि दिएको थियो । फोरममा ४२ देश र क्षेत्रहरूबाट २५०० भन्दा बढी प्रतिनिधिहरु सहभागी थिए ।

‘इको फोरम ग्लोबल २०२३’ मा भाग लिन गएको नेपाली प्रतिनिधि मण्डलले गुइझउस्थित भूगर्भीय संग्रहालयको भ्रमण गरेको छ । उपसभामुख इन्दीरा राना नेतृत्वको टोलीले इको ग्लोवल फोरममा भाग लिँदै आइतबार उक्त संग्रहालयको समेत अवलोकन गरेको हो ।

भ्रमण दलमा पूर्वमन्त्री सांसद भगबती चौधरी, सांसदद्वय डा. चन्दा कार्की र मैना कार्की सहित संसद सचिवालयका उपसचिब बिमलराज जोशी छन् । टोलीले त्यहाँको राष्ट्रिय डाटा सेन्टर समेतको अवलोकन गरेको सांसद चौधरीले जानकारी दिइन् । उप–फोरम अन्तरगत ‘इम्प्लिमेन्टिङ ग्लोबल डेभलपमेन्ट पहल, हरियो र कम–कार्बन विकासको सुविधा दिने’ शीर्षकमा नेपाली प्रतिनिधि मण्डल औपचारिक पोशाकमा भाग लिएका थिए ।

फोरममा सहभागी हुँदै गर्दा नेपाली भ्रमण टोलीले चीनको प्राचिन शहर किङ्गयानको पनि भ्रमण गरेका थियो । प्रतिनिधिमण्डल आज स्वदेश फर्कँदैछ ।

















0 प्रतिकृया