Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


महिला बिश्वकप हुनुअघि गोली हानाहानमा तीनको मृत्यु

एजेन्सी
साउन, ४, २०८०


महिला बिश्वकप हुनुअघि गोली हानाहानमा तीनको मृत्यु

वेलिंगटन, ४ साउन । न्यूजिल्याण्डको अकल्याण्डमा गोली चलेको घटना सार्वजनिक भएको छ । न्यूजिल्याण्डको अकल्याण्डमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । साे गाेलीकाण्डका अपराधीकाे पनि मृत्यु भएकाे छ ।

न्युजिल्यान्ड प्रहरीले बिहीबार मध्य अकल्याण्डमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको र कैयौं घाइते भएको बताएको छ ।प्रहरीले एक विज्ञप्तिमा अपराधीको पनि मृत्यु भइसकेको जनाएको छ ।

प्रहरीले साे घटनाले राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको बताएकाे छ । अकल्यान्डको इडेन पार्कमा महिला फुटबल विश्वकपको उद्घाटन खेल हुनुभन्दा केही घन्टा अघि सिटी सेन्टरको व्यस्त सडकमा गोली हानाहान भएको थियो ।

यसैबीच न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्स्लेले राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको र प्रतियोगिता योजना अनुसार अघि बढ्ने बताएका छन् ।  निमित्त प्रहरी उपरीक्षक सन्नी पटेलले अपराधीले बन्दुक हल्लाउँदै खेल उदघाटनस्थल नजिकै पुगेर गोली चलाएको बताए ।

आरोपितको तर्फबाट थप गोली चलेको थियो, केही समयपछि उनी मृत फेला परेको उनले बताए । प्रहरीले आक्रमणकारी बाहेक दुई जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । धेरै मानिस घाइते भएको पनि जानकारी आएको उनले बताए ।

गोलीबारी लगत्तै उक्त क्षेत्रलाई घेराबन्दी गरेको र घटनास्थलमा हेलिकप्टर पठाइएको प्रहरीले जनाएको छ ।













0 प्रतिकृया