घरकाे पाँचौं तल्लामा गाई पाले पछि हंगामा
बेइजिङ, ८ साउन । चीनको एउटा फ्ल्याटमा एउटा अनौठो घटना भेटिएको छ, जुन चर्चाको विषय बनेको छ । वास्तवमा यहाँ एक व्यक्तिले आफ्नो भवनको पाँचौं तल्लामा गाई पालेका छन् । जसलाई देखेर मानिसहरु आश्चर्य व्यक्त गरिरहेका छन् ।
चाखलाग्दो कुरा के छ भने चिनियाँ व्यक्तिले आफ्नो बालकाेनीमा धेरै गाईवस्तु राखेका छन् । जसको तस्विर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार यो घटना दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तको हो, जहाँ एक चिनियाँ व्यक्तिले एउटा बहुतले भवनको पाँचौं तल्लामा सातवटा गाई र बाछा राखेका छन् । चीनमा प्रयोग भएको टिकटक जस्ता एपमा घटनाको भिडियो शेयर गरिएको छ, जसलाई ४० लाख पटक हेरिएको छ ।
साउथ चाइना मर्निङ पोस्टले स्थानीय बासिन्दालाई उदृत गर्दै गाईहरू आवासीय कम्प्लेक्समा एक दिनसम्म फ्ल्याटमा बसेको बताएको छ । त्यसपछि छिमेकीले हतास गर्न थाले । सो घटनाको गति लिएको देखेर स्थानिय चिनिँया अधिकारीहरूले तुरुन्तै त्यो ठाउँमा पुगे । त्यसपछि ती गाईवस्तुलाई अन्यत्र सारिएको थियो ।
सँगै रहेको फ्ल्याटमा बाछो आएका कारण दुर्गन्ध फैलिएको छिमेकीले गुनासो गरेका थिए । गाईवस्तुको आवाजले धेरै समस्या निम्त्याइरहेको भनेर उजुरी गरे पछि सुरक्षा अधिकारीहरु त्यो घरमा आएका थिए ।
0 प्रतिकृया