Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


यस्तो छ फरवार्ड माइक्रोफाइनान्सको गत आवको वित्तीय विवरण

एक्सन खबर
साउन, ३२, २०८०




यस्तो छ फरवार्ड माइक्रोफाइनान्सको गत आवको वित्तीय विवरण

काठमाडौं, ३२ साउन । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९÷०८० को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार संस्थाको वितरणयोग्य नाफा ७६ करोड ६२ लाख रहेको छ ।

संस्थाले यस अवधिसम्ममा २२ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६३ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४.८७ प्रतिशतले घटेको छ ।

समीक्षाको अवधिमा कम्पनीले ८ अर्ब ४१ करोड निक्षेप र ८ अर्ब ४७ कर्जा सापटि लिई १९ अर्ब ३१ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७ अर्ब ९५ करोड निक्षेप र १० अर्ब ६ करोड कर्जा सापटि लिई १९ अर्ब ८४ करोड कर्जा परिचालन गरेको थियो ।

समीक्षाको अवधिमा संस्थाले १ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने अघिल्लो वर्ष १ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो । संस्थाको संचालन ३७ करोड ४३ लाख रहेको छ भने अघिल्लो वर्षमा १ अर्ब १ करोड रहेको फरवार्ड माइक्रोफाइनान्सले जनाएको छ ।

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी घटेसँगै निष्कृय कर्जा बृद्धि भई प्रोभिजन गर्दा खुद नाफा घटेको हो । संस्थाको इम्मेरिमेन्टमा ३५ करोड ७५ लाख रहेको छ । वितरणयोग्य नाफा ७६ करोड ६२ लाख रहेको छ । लाभांश क्षमता ७२.५९ प्रतिशत रहेको छ ।

हाल संस्थाको चुक्ता पुँजी १ अर्ब ५ करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब ८ करोड रुपैयाँ रहेको छ । त्यसैगरी संस्थाको संचित नाफा ७६ करोड ७६ लाख रहेको छ । संस्थाको निष्कृत कर्जा अनुपात ४.२६ प्रतिशत रहेकोछ भने अघिल्लो वर्ष १.८३ प्रतिशत रहेको थियो ।

यस अवधिसम्ममा संस्थाको प्रतिसेयर आम्दानी २०.९८ रुपैयाँ रहेको छ अघिल्लो आर्थिक वर्षमा ७४.६६ रुपैयाँ रहेको थियो । त्यसैगरी प्रतिसेयर नेटवर्थ २७६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ६३ गुणा रहेको संस्थाले जनाएको छ ।













0 प्रतिकृया