Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


नेपाल मेडिकल कलेजमा ओमशान्तिको रक्षा बन्धन

एक्सन खबर
भदौ, १४, २०८०


नेपाल मेडिकल कलेजमा ओमशान्तिको रक्षा बन्धन

काठमाडौं, १४ भदौ । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र जोरपाटीका ओमशान्ति परिवारले नेपाल मेडिकल कलेजका म्यानेजमेन्ट टीमलाई रक्षाबन्धनको अवसरमा रक्षा बन्धन (राखी) बाँधिदिएको छ । बिहीबार कलेज पुगेर ओमशान्ति परिवारले म्यानेजमेन्ट टीमलाई रक्षाबन्धन बाँधिदिएको हो ।

परिवारले कलेजका प्रिन्सिपल प्रा.डा.प्रमोदकुमार क्षेत्री, भाइस–प्रिन्सिपल डा.सृष्टि श्रेष्ठ, अस्पताल निर्देशक डा.राजेशकिशोर श्रेष्ठ, निर्देशक जहाँगिर अन्सारी, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का, अस्पताल इन्चार्ज दिलिप साह मेट्रोन नविना सिंहलाई रक्षा बन्धन बाँधिदिएको हो ।

समाजमा आपसी सद्भाव, शान्ति र भाइचारा सम्बन्ध स्थापना गर्नका लागि ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले रक्षा बन्धनको अवसरमा राखी बाँध्ने गरेको छ ।
















0 प्रतिकृया