Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


धनकुटा नगरपालिकाद्धारा १७ सहकारी खारेज

एक्सन खबर
भदौ, १५, २०८०




धनकुटा नगरपालिकाद्धारा १७ सहकारी खारेज

धनकुटा, १५ भदाै । धनकुटा नगरपालिकाले १७ वटा सहकारी संस्थालाई खारेज गरिदिएको छ । नगरपालिकाको सहकारी ऐन २०७५ बमोजिम संस्थाले पुरा गर्नुपर्ने दायित्व बहन नगरी बचतकर्ताको रकम जोखिममा राखेको भन्दै कारवाही गरिएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिएका छन् ।

शुक्रवार नगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा अन्नपुर्ण वचत तथा ऋणसहकारी संस्था, क्रमिक दैनिक वचत तथा ऋणसहकारी संस्था, जनकल्याण वचत तथा ऋण सहकारी संस्था लगाएतका १७ सहकारी संस्थालाई खारेज गरिएको हो ।

नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीका अनुसार यि सहकारीहरुले विगत ४ वर्षदेखि साधारण सभासँगै लेखा परीक्षण नगरेको पाइएको हो भने संस्था सञ्चालनको विवरण समेत पालिकामा नबुझाइ बसेको अधिकारीले बताए ।

‘खारेज गरिएका संस्थाले कुनै व्यक्ति वा संस्थालाई तिर्नुपर्ने दायित्व रहे संस्थाका संचालक समितिका पदाधिकारीसँग फरफार गरि लिनुहुन भनेका छौं ।’ अधिकारीले भने ‘यि १७ वटै संस्थाबाट कसैले पनि आर्थिक कारोवार नगर्नु हुन सार्वजनिक सूचना जारी गरिएको छ ।’ अधिकारीका अनुसार धनकुटा नगरपालिका भित्र ७० वटा सहकारीहरु सञ्चालित छन् ।















0 प्रतिकृया