Follow us:


Follow us

३ असोज २०८३, शनिवार
३ असोज २०८३, शनिवार


विद्युत महशुलमा हिनामिना गर्ने वी.पी. प्रतिष्ठानका अधिकृत विरूद्ध भ्रष्टाचार मुद्दा

एक्सन खबर
भदौ, २७, २०८०


विद्युत महशुलमा हिनामिना गर्ने वी.पी. प्रतिष्ठानका अधिकृत विरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २६ भदौ । वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक अधिकृत विरूद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरिएकाे छ । अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले प्रतिष्ठानका इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखामा कार्यरत अधिकृत तेज नारायण साह उपर मुद्धा दायर गरेकाे हाे ।

साहले प्रतिष्ठानको हातामा सञ्चालनमा रहेका बिभिन्न व्यवसायीहरुबाट विद्युत महशुल वापतको रकम उठाई विद्युत महशुल सम्बन्धि सर्भरको दुरुपयोग गरी गलत बिल भौचर जारी गरी उक्त रकम प्रतिष्ठानको खातामा जम्मा नगरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको पाईएपछि मुद्धा दायर गरिएको हो ।

अख्तियार अनुसन्धान आयोगबाट उजुरीका आधारमा अनुसन्धान हुँदा प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरुसँग अधिकार नै नभएको विभागका एक अधिकृतस्तरका कर्मचारीले बिजुलीको महशुल संकलन गरी तेत्तीस लाख बीस हजार दुई सय छब्बीस रुपैयाँ उठाई हिनामिना गरेको पाइएको जनाएको छ ।

‘साहलाई उक्त रकम प्रतिष्ठानको खातामा जम्मा नगरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको देखिन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निज तेज नारायण साहउपर बिगो रु.३३,२०,२२६।–(तेत्तीस लाख बीस हजार दुई सय छब्बीस रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) को (छ) बमोजिम कैद सजाय र जरिवाना हुन तथा हानिनोक्सानी भएको बिगोसमेत निजबाट असुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ ।’ आयाेगले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।













0 प्रतिकृया