Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


आज तीजकाे अघिल्लाे दिन अर्थात् दर खाने दिन

एक्सन खबर
भदौ, ३१, २०८०


आज तीजकाे अघिल्लाे दिन अर्थात् दर खाने दिन

काठमाडौं, ३१ भदौ । महिलाहरूकाे महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन हाे । दर खाएको भोलिपल्ट निराहार व्रत बस्ने प्रचलन भएकाले अघिल्लो साँझ पौष्टिक तत्व युक्त खानेकुरा (दर) खाने चलन छ ।

विशेषगरी विवाह गरी गएका दिदी बहिनीलाई माइती पक्षले तीजमा निम्ता गरी परिवारका सदस्य, इष्टमित्र र छिमेकीहरु एकै ठाउँमा भेला भएर विभिन्न मिठा परिकारको दर खाँदै रमाइलो गर्ने चलन छ ।

परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको मनाेकामना पुरा भएको विश्वासका साथ विवाहित महिलाहरु पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै व्रत बस्ने चलन छ । साथै, अविवाहिताहरुले सुयोग्य बर पाउने तथा परिवारमा सुखः शान्तिकाे कामना गर्दै तीजको व्रत बसी भगवान शिवको पूजा गर्ने चलन छ ।

तीजको दिन काठमाडौंको पशुपति लगायतका देशभरका शिवालयहरुमा व्रतालुको घुइँचो लाग्दछ । उक्त दिन व्रतालु महिलाहरूले दिनभर निराहार बसी तीजका गितहरूमा नाचगान गर्ने, रमाइलाे गर्ने प्रचलन रहेकाे छ ।













0 प्रतिकृया