Follow us:


Follow us

३ असोज २०८३, शनिवार
३ असोज २०८३, शनिवार


पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
असोज, ९, २०८०


पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, ९ असोज । काठमाडौं मेडिकल कलेजले काभ्रेको पनौतीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । केएमसीले सोमबार पनौती नगरपालिका र वडा नं. १० सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

बाल आदर्श आधारभुत विद्यालयमा आयोजित शिविरमा ४६३ जना सर्वसाधारणको स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच गरेको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ८९ जनाको इसिजी, १०९ जनाको ल्याब परीक्षण, ९७ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, १३ जनाको दाँत खोलिएको तथा २३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

शिविरबाट ओ.टी. रेफर भएका बिरामीले केएमसीमा उपचार गराए विभिन्न छुट तथा सहुलियत पनि पाउँछन् । शिविरमा नाक कान घाँटी, स्त्री रोग, बाल रोग, नसा तथा हाडजोर्नी, दन्त रोग, आँखा रोग, जनरल मेडिसिन सेवा प्रदान गरिएको थियो ।

नियमित रुपमा सामाजिक उत्तरदायित्व अन्तरगत गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्दा विशेषगरी स्थानीय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी लाभान्वित भइरहेको केएमसीकी कार्यकारी अध्यक्ष सोयना शर्माले बताइन् । तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष, हाल प्रतिनिधि सभा सदस्य डा. सुनिलकुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरको थालनी गरी अस्पतालको स्वास्थ्य सेवालाई गाउँगाउँ पुर्याएका हुन् ।

















0 प्रतिकृया