एमाले अध्यक्ष ओली र मधेस प्रदेश सदस्य अन्सारीविच भेट
एक्सन खबर
काठमाडौं, ११ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले मधेस प्रदेश सदस्य बसरुद्धिन अन्सारी विच भेटघाट भएको छ । बालकोटमा बिहीबार साँझ भएको भेटमा अध्यक्ष ओली र अन्सारी विच मधेस प्रदेशको अधिवेशन, मधेशमा एमालेको राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ ।
भेटमा बर्तमान राजनीतिक विषयमा विवेचना हुनुका साथै एमालेको भावी रणनीति र मधेशमा एमालेलाई कसरी बलियो बनाउने सवालमा कुराकानी भएको छ । मधेस प्रदेशको बारा, पर्सा लगायतका जिल्लाहरुमा एमालेको अवस्था, मिसन २०८४ सम्मका विषयमा कुराकानी भएको छ ।
अन्सारी विरगञ्जका सफल मेडिकल व्यवसायी र सामाजिक व्यक्तित्व हुन् । मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा अन्सारीको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले मधेस प्रदेशका जनताको लागि सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।
एमालेको मधेस प्रदेशको अधिवेशन यहि असोज २४ र २५ गते हुन गइरहेको छ । जनकपुरमा हुन गइरहेको अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ तयार गरिएको छ ।
0 प्रतिकृया