दसैँंकाे टीकाकाे उत्तम साइत बिहान ११: ०२ बजे
एक्सन खबर
काठमाडौं, १६ असाेज । मलमासका कारण कार्तिकमा पुगेकाे विजयादशमीकाे टिकाकाे साइत बिहान ११ बजेर २ मिनेटमा रहेकाे पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे छ । समितिले दसैँको टीकाको साइत सार्वजनिक गर्दै यस वर्षको दसैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको जनाएकाे हाे ।
मंगलबार दसैँकाे टिकाकाे साइत सार्वजनिक गर्दै समितिले यस वर्षको दसैँको सुरुवात असोज २८ गते आइतबारबाट हुने जनाएकाे छ । समितिका अनुसार घटस्थापनाको साइत बिहान ११:२९ बजे रहेको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जनाएका छन् ।
कार्तिक ४ गते शनिबार फूलपातीका दिन तुलजाभवानी यात्रा बिहान ८:२४ बजे शुभ रहेको छ । कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०:३७ बजे देवी विसर्जनको साइत रहेको छ । भने, देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न सकिने समितिको भनाइ छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा रहेको छ ।
0 प्रतिकृया