Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


नेकका विद्यार्थी संगठनहरुसँग सञ्चालक समितिको अन्तरक्रिया

एक्सन खबर
असोज, १७, २०८०


नेकका विद्यार्थी संगठनहरुसँग सञ्चालक समितिको अन्तरक्रिया

काठमाडौं, १६ असोज । नेपाल इन्जिनियरिङ कलेजको शैक्षिक गुणस्तर कायम गर्ने सवालमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयद्वारा गठित कलेज सञ्चालन समितिका अध्यक्ष जीवन खत्रीले कलेजमा आबद्ध विद्यार्थी संगठनहरुसँग परिचयात्मक भेट तथा अन्तरक्रिया गरेका छन् ।

मंगलबार चाँगुनारायण, भक्तपुरस्थित कलेजको शैक्षिक, भौतिक विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा कलेजका अध्यक्ष खत्रीसहित सञ्चालक समिति सदस्यहरुले कलेजमा गठित विद्यार्थी संगठनहरुसँग भेटघाट गरेका हुन् ।

भेटमा विद्यार्थी संगठनका प्रतिनिधिहरुले विद्यार्थीका समस्या तथा गुनासाहरु राख्दै कलेजको शैक्षिक स्तर सुधार्नका लागि सञ्चालक समितिले गर्न सक्ने विषयहरुका बारेमा बोलेका थिए । भेटमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियू लगायतका संगठनका पदाधिकारीहरुले विद्यार्थीका समस्या, कलेजले सुधार्नुपर्ने विषय र आगामी कार्य योजनाका बारेमा भनाईहरु राखेका थिए ।

कलेजका अध्यक्ष खत्रीले नेपाल इन्जिनियरिङ कलेजलाई नयाँ उचाईमा पुर्याउन, विद्यमान समस्याहरु हल गर्न आफु प्रतिबद्ध रहेको जनाउँदै सबैले आ–आफ्ना क्षेत्रबाट योगदान गर्नुपर्ने बताए । विद्यार्थीहरुका हक अधिकारका बारेमा कलेज गम्भिर रहेको जनाउँदै अध्यक्ष खत्रीले व्यक्तिगत स्वार्थ भन्दा पनि कलेज र विद्यार्थीको सर्वोत्तम हित सोचेर सबैले काम गर्नुपर्ने बताए ।

कलेजको शैक्षिक, प्रशासनिक र भौतिक पूर्वाधारका क्षेत्रमा अल्पकालिन र दिर्घकालिन रुपमा गर्नुपर्ने कामहरु पहिचान गरी कलेजको गौरबलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन आफु लागि पर्ने चाँगुनारायण नगरपालिकाका मेयर समेत रहेका खत्रीको भनाई छ । भेटमा कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीको समेत उपस्थिति रहेको थियो । उनले कलेजको सर्वाङ्गिण विकासमा सबै पक्षसँग सहकार्य र हातेमालो गरेर अगाडी बढ्ने जनाउँदै विद्यार्थी संगठनबाट पनि सकारात्मक सहयोग, सल्लाह सुझाबहरुको अपेक्षा गरिएको बताए ।














0 प्रतिकृया