काेशीका मुख्यमन्त्रीले लिए सपथ, ३ सदस्यीय मन्त्रिपरिषद् गठन
एक्सन खबर
काठमाडाैं, २८ असाेज । एमालेकाे समर्थनमा मुख्यमन्त्री भएका केदार कार्कीले पद तथा गाेपनियताकाे सपथ लिएका छन् । आज काेशी प्रदेशका प्रमुख परशुराम खापुङले नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
अपरान्ह उनीसँगै नेकपा (एमाले) का रामबहादुर राना र नेपाली कांग्रेसका शमशेर राईले मन्त्रीको शपथ लिए । एमाले काेशी संसदीय दलका उपनेता राना र कांग्रेसका राई तत्कालका लागि विनाविभागीय मन्त्री बनेका छन् ।
मुख्यमन्त्री कार्कीले पद तथा गाेपनियताकाे सपथ पश्चात सञ्चारकर्मीसँग बाेल्दै प्रदेशसभा विघटन हुन्छ कि, मध्यावधि हुन्छ कि भन्ने चिन्ता समाप्त भएकाे बताए । ‘मध्यावधी हुन्छ कि, जनता फेरि लाइनमा लागेर मतदानमा जानुपर्छ कि, राज्यको ढुकुटी कहीँकतै बीचैमा खर्च हुन्छ कि भन्ने चिन्ता समाप्त भएको छ’, कार्कीले भने ।
प्रदेशमा देखिएका सामाजिक, साँस्कृतिक विवादहरू वार्ताद्वारा समस्या समाधान गर्ने मुख्यमन्त्री कार्कीले बताएका छन् । काेशी प्रदेशमा पहिचान पक्षधरले जातिय पहिचानका आधारमा प्रदेशकाे नामाकरण हुनुपर्छ भनेर आन्दाेलन गर्दै आइरहेका छन् । पहिचानवादीकाे आन्दाेलनका क्रममा एक जनाकाे मृत्यु समेत भइसकेकाे अवस्थामा कार्कीले याे विषयलाई कसरी हेर्छन् प्रतिक्षाकाे विषय बनेकाे छ ।
0 प्रतिकृया