Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


आज काेजाग्रत पूर्णिमासँगै खण्डग्रास चन्द्रग्रहण

एक्सन खबर
कार्तिक, ११, २०८०




आज काेजाग्रत पूर्णिमासँगै खण्डग्रास चन्द्रग्रहण

काठमाडाैं, ११ कार्तिक । आजबाट बडादशैं सकिँदैछ । आज दुर्गा पक्ष अर्थात् दसैंकाे अन्तिम दिन काेजाग्रत पूर्णमा हाे । देवी महालक्ष्मीको पूजा आराधना सहित रातभर जाग्राम बसेपछि आजदेखि बडादशैं समापन हुन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने शुक्रबार नै समापन भएको जनाएको छ । विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम शुक्रबार समाप्त हो । शुक्रबार नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइएको छ ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राती जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको कथन छ ।

आज खण्डग्रास चन्द्रग्रहण

यस्तै, आज खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । आश्विन शुक्ल पूर्णिमाका दिन आज खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

चन्द्रग्रहण राति १:१९ बजे स्पर्श हुनेछ । चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले बताए । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुनेछ ।

ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गरेपनि विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको छ । यो चन्द्रग्रहण २०८० मा लाग्ने एउटै ग्रहण हाे ।

चन्द्रग्रहणको नौ घण्टा अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए । दिउँसो ४:१९ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ ।













0 प्रतिकृया