Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


घरेलु टाेली ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा

एक्सन खबर
कार्तिक, १४, २०८०




घरेलु टाेली ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा

काठमाडाैं, १४ कार्तिक । घरेलु टाेली ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेसँगै एसिया छनाैटकाे सेमिफाइनलमा प्रवेश गरेकाे हाे ।

नेपाल समूह ‘ए’ मा एक खेल बाँकी छँदा नै सेमिफाइनलमा स्थान बनाउँदा यहि समूहबाट ओमान पनि एक खेल बाँकी छँदा नै सेमिफाइनलमा पुग्न सफल भएकाे छ ।

नेपाल र मलेसियाकाे खेलमा कुशल मल्लले ३४ बलमा ६५, कुशल भुर्तेलले २५ बलमा ४३, आसिफ शेखले २३ बलमा ३५ रन बनाउँदै मलेसियाले १ सय ६६ रनको लक्ष्य १८ ओभरमा पूरा गर्याे ।

भुर्तेल र आसिफले ५ ओभरमा ४९ रन जोड्दा भुर्तेल समान ४ चौका र छक्का प्रहार गरि आउट भए । आसिफ र मल्लले १० ओभरमा नेपालको स्कोरलाई ९५ रनसम्म पुर्‍याए १ चौका र २ छक्का प्रहार गरे । खेलमा सन्दीप जोरा १८ र विवेक यादव २ रनमा अविजित रहे ।

यसअघि टस जितेको मलेसियाले निर्धारित २० ओभर खेली ९ विकेट गुमाई १ सय रन ६५ बनाएको थियो । ओपनर सैयद अजिजले मलेसियाबाट सर्वाधिक ६८ रन बनाउँदा ८ चौका र २ छक्का प्रहार गरे ।

छैटौं ओभरको पाँचौं बलमा अविनाश बोहराले जुलकिफ्लेलाई आउट गरी नेपाललाई पहिलो सफलता दिलाउँदा कप्तान अहमद फैज ३ रनमा रनआउट भए । वीरनदीप सिंहलाई सन्दीप लामिछानेले ४ रनमा एलबीडब्लू आउट गरे ।

बलर कप्तान रोहित पौडेलले सार्विन मुनिएन्डीलाई १३ रनमा कट एन्ड बोल्ड गर्दा अविनाशले मोहम्मद अमिरलाई ८ रनमा बोल्ड गरे । अविनाशले नेपालबाट ४ विकेट लिए ।















0 प्रतिकृया