Follow us:


Follow us

३० असोज २०८२, बिहिवार
३० असोज २०८२, बिहिवार


एमालेको चियापान कार्यक्रममा भिआइपीदेखि सर्वसाधारणसम्म (फोटो फिचर)

एक्सन खबर
कार्तिक, १५, २०८०




एमालेको चियापान कार्यक्रममा भिआइपीदेखि सर्वसाधारणसम्म (फोटो फिचर)

काठमाडौं, १५ कार्तिक । नेपालीहरुको चाडपर्व विजयादशमी, दिपावली, नेपाल संम्वत, छठ पर्वको अवसरमा नेकपा एमालेले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । शुभकामना आदानप्रदान कार्यक्रममा भिआइपी देखि सर्वसाधारणको समेत बाक्लो उपस्थिति छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा अपरान्ह १२ बजेपछि सुरु भएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, महासचिब शंकर पोखरेल लगायत केन्द्रीय कमिटी, सचिवालय सदस्य, स्थायी कमिटी, संघीय र प्रदेशका सांसदहरुको सहभागीता छ ।

एमालेको चियापन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी पार्टीका सम्मानीत नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई समेत पुगेका छन् ।

त्यस्तै समारोहमा रास्वपा सभापति रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिना लगायतको सहभागीता रहेको छ ।

हेर्नुहोस् तस्विरहरुः























0 प्रतिकृया