Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


मीनबहादुर गुरुङद्वारा भूकम्प पिडितलाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग घोषणा

एक्सन खबर
कार्तिक, १९, २०८०




मीनबहादुर गुरुङद्वारा भूकम्प पिडितलाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग घोषणा

काठमाडौं, १९कार्तिक । सफल व्यवसायी तथा समाजसेवी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितलाई सहयोगको घोषणा गरेका छन् ।

जाजरकाेट रूकुमपश्चिमका भूकम्प प्रभावित जनताका लागि उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

शुक्रबार राति ११:४७ बजे गएको ६.४ रेक्टर स्केलकाे भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५७ जनाकाे मृत्यु भएकाे छ भने, ३७५ जना घाइते भएका छन् । भूकम्पका कारण कति घर क्षति भयो भन्ने विषयमा सरकारको आधिकारिक सूचना दिएको छैन ।













0 प्रतिकृया