Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


हज यात्राका लागि आवेदन दिने म्याद थप (सूचना सहित)

एक्सन खबर
कार्तिक, २२, २०८०




हज यात्राका लागि आवेदन दिने म्याद थप (सूचना सहित)

काठमाडौं, २२ कार्तिक । सन् २०२४ को हज यात्राका लागि आवेदन दिने म्याद थप गरिएकाे छ । नेपाल हज समितिले म्याद थप गरेकाे हाे । नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकवुल मियाँले हज यात्राका लागि आवेदन दिने म्याद मंसिर १० गतेसम्म थप गरिएको जानकारी दिए ।

यसअघि समितिले गत साउन ३० गते सूचना जारी गरेर असोज ३० गतेभित्र आवेदन दिन भनेपनि यस वर्ष विगतका वर्षहरुभन्दा छिटो हजको आवेदन खुलेकाले मुस्लिम समुदायबाट आवेदनको समय थप गर्न माग भएको थियो ।

‘याे पटक विगतकाे भन्दा छिटाे हजको आवेदन खुल्याे । त्यहि भएर माग बमोजिम म्याद थप गरिएको हाे ।’ कार्यवाहक अध्यक्ष मियाँले बताए । सन् २०२४ मा नेपालबाट १ हजार २०० जना इस्लाम धर्मावलम्बी हज गर्न मक्का मदिना जान पाउने गरी साउदी अरब सरकारले कोटा तोकिदिएको छ ।

हज गर्न जान चाहने इच्छुक मुस्लिम समुदायले आवेदन फारम नेपाल हज समितिको सचिवालयको वेबसाइटबाट डाउनलोड गर्न सक्नेछन् । सो फारम भरेर आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्ताबापत एक लाख ५० हजार रुपैयाँ बुझाई आवेदन दिन सकिने छ ।

आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी, राहदानीको फोटोकपी, पहिलो किस्ताबापत एक लाख ५० हजार रुपैयाँ हज समितिको बैंक खातामा जम्मा गरेको सक्कल भौचर, कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएको प्रमाणपत्र र आवेदकको बैंक खाताको चेकको फोटोकपी पनि पेस गर्नुपर्ने छ ।

हज ब्यवस्थापनमा लापरवाही

नेपालबाट हजका लागि गएका हाजीकाे ब्यवस्थापनकाे जिम्मा नेपाल हज समितिले लिने गरेकाे छ । गएकाे वर्ष समितिले ब्यवस्थापनमा चरम लापरवाही गरेकाे भन्दै चर्काे आलाेचना भएकाे थियाे । ठूलो रकम बुझाएर मक्का जाने नेपाली हाजीहरूले हज समितिको अव्यवस्था र लापरवाहीका कारण हरेक वर्ष सास्ती भोगिरहे पनि हज समिति भने अनदेखा रहने गरेकाे आराेप छ ।

गत वर्ष मे २१ (जेठ ७) देखि भएको हजयात्रामा नेपालबाट एक हजार १९१ जना इस्लाम धर्मावलम्बी हजयात्रामा गएको नेपाल हज समितिको आँकडा छ। हजका लागि प्रतिव्यक्ति चार लाख ६५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएकोमा हाजीहरूले एउटै सुविधा नपाएकाे गुनासाे थियाे ।














0 प्रतिकृया