Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


भाटभटेनी सुपरमार्केटले रूकुम पश्चिम पठायाे ४० लाख बराबरको चामल

एक्सन खबर
कार्तिक, २३, २०८०


भाटभटेनी सुपरमार्केटले रूकुम पश्चिम पठायाे ४० लाख बराबरको चामल

काठमाडौं । रूकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका जनताका लागि भाटभटेनी सुपरमार्केटले ४० लाख बराबरकाे राहत सामग्री पुर्‍याएको छ । भाटभटेनीले ४ लाख २० हजार किलो चामल रुकुम पश्चिम पुर्‍याएको हाे ।

रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले शनिबार हस्तान्तरण गरिएको चामल सानीभेरी गाउँपालिका, आठबीस नगरपालिका, चौरजहारी नगरपालिकाका प्रभावितलाई वितरण गरिने जानकारी दिए ।

यसअघि भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक एवम् सञ्चालक मीनबहादुर गुरूङले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको सहायताका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका थिए ।
















0 प्रतिकृया