भाटभटेनी सुपरमार्केटले रूकुम पश्चिम पठायाे ४० लाख बराबरको चामल
काठमाडौं । रूकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका जनताका लागि भाटभटेनी सुपरमार्केटले ४० लाख बराबरकाे राहत सामग्री पुर्याएको छ । भाटभटेनीले ४ लाख २० हजार किलो चामल रुकुम पश्चिम पुर्याएको हाे ।
रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले शनिबार हस्तान्तरण गरिएको चामल सानीभेरी गाउँपालिका, आठबीस नगरपालिका, चौरजहारी नगरपालिकाका प्रभावितलाई वितरण गरिने जानकारी दिए ।
यसअघि भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक एवम् सञ्चालक मीनबहादुर गुरूङले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको सहायताका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका थिए ।
0 प्रतिकृया