घरेलु मैदानमा १२ वर्षपछि विश्वकपकाे उपाधि जित्ने भारतकाे सपना चकनाचूर
काठमाडौं । घरेलु मैदानमा विश्वकप क्रिकेट जित्ने भारतकाे सपनामा अष्ट्रेलिया बाधक भएकाे छ । ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट पारीको सहयाेगमा घरेलु क्रिकेट टाेलीलाई ६ विकेटले स्तब्ध पार्दै अष्टे्रलियाले छैटाैं पटक एकदिवसीय विश्वकपको उपाधि जितेको हाे ।
भारतले दिएकाे २४१ रनकाे मध्यम लक्ष्य पुरा गर्ने क्रममा अस्ट्रेलियाका लागि ट्राविस हेडले १३७ रन र मानर्स लाबुशेनको अविजित ५८ रनको याेगदान गरे । अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर २४१ रन बनाउँदा विजयी २ रन म्याक्स वेलकाे नाममा रह्याे ।
अष्ट्रेलियाको सुरुवात राम्रो नभएता पनि ट्राविस हेड र मानर्स लाबुशेनले १ सय ९२ सानदार शतकीय साझेदारी गर्दै च्याम्पियन बनाए । खेलमा मोहम्मद शमीले आफ्नो पहिलो ओभरमै अष्ट्रेलियाका डेभिड वार्नरको विकेट लिए । उनी मात्र ७ रनमा आउट भए ।
खेलको पाँचौं ओभरमा जसप्रित बुमराहले मिशेल मार्शको विकेट लिँदा उनले मात्र १५ रन बनाए । आफ्नो अर्को ओभरमा उनले नै स्टीभ स्मिथलाई एलबीडब्लू धरापमा पारे । बुमराहको स्लो कटरमा स्मिथ चुके र बल उनको प्याडमा लाग्यो । भारतको एलबीडब्लू अपीलमा फिल्ड अम्पायरले विकेट लिए । स्मिथले रिभ्यू लिएनन् । जबकी रिप्ले र बल ट्र्याकिङमा देखाइएको बल अफ स्टम्प बाहिर गएको देखिएको थियो ।
४७ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएसँगै दबाबमा आएको अष्ट्रेलियाले पावर प्लेमा संघर्ष गर्नु परेपनि हेडले लाबुशेनसँग मिलेर पारी सम्हाले ।
यसअघि नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो ।
भारतका लागि विकेटकिपर लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाउँदा विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जाेडे ।
कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाएतापनि अन्य ब्याटरले राम्रो गर्न नसक्दा भारत फाइनलमा निरिह भयाे । भारतले सुरुवाती १० ओभरमा ८० रन बनाएपनि तेस्रो विकेटको पतनपछि कमजाेर भयाे ।
अष्ट्रेलियाका तिव्र गतिका बलर मिचेल स्टार्कको चौथो ओभरको दोस्रो बलमा शुभमन गिल मिडअनमा एडम जाम्पाबाट ४ रनमा क्याच आउट भए ।स्पिनर ग्लेन म्याक्सवेलको १० औं ओभरको चौथो बलमा रोहित शर्मा ४७ रनमा आउट भए ।
प्याट कमिन्सको १० औं ओभरको दोस्रो बलमा एज लागेर श्रेयस ऎर ४ रनमा इंग्लिसबाट क्याच आउट भए । चौथो विकेटका लागि १ सय ९ बलमा ६७ रनको साझेदारी गरेका थिए ।
प्याट कमिन्सको २९ औं ओभरको तेस्रो बलमा कोहली ५४ रनमा आउट भए । रबिन्द्र जडेजा २२ बलमा ९ रन बनाउदै क्याच आउट भए । सुर्य कुमार यादव २८ बलमा १ चौकासहित १८ रनमा आउट भए ।
अष्ट्रेलियाका बलर मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । कप्तान प्याट कमिन्सले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए । एडम जाम्पाले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिएका थिए । ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिएका थिए । जोश हेजलवुडले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिए ।
लिगमा सबै खेल जितेको भारत फाइनलमा कमजाेर भयाे । लिगमा अष्ट्रेलियालाई भारतले ६ विकेटले हराएको थियो । अष्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारतले विश्वकप क्रिकेट २ पटक जितेकाे छ ।
0 प्रतिकृया