उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न भयाे छठ पर्व
काठमाडाैं, ४ मंसिर । साेमबार आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै याे वर्षकाे छठ पर्व विधिवत रूपमा सम्पन्न भएको छ । छठ पर्व श्रद्धा भक्तिपूर्वक चार दिनसम्म नियमपूर्वक ब्रत बसी गरिने चाड हाे । छठपर्वको हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो भने आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।
छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । राजधानीकाे गाैरीघाट, कमलपाेखरी, बागमति, विष्णुमति लगायतमा भक्तजनहरूकाे ठूलाे भिड लागेकाे थियाे ।
छठ पर्वकाे अवसरमा तराइ मधेससँगै देशका पहाडी र हिमाली क्षेत्रमा समेत उल्लास थियाे । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने कामनासहित सूर्यको उपासना गरी श्रद्धापूर्वक छठ पर्व मनाइन्छ ।
छठपर्वको पहिलो दिन ब्रतालुले नुहाएर अरबा अरबाईन भोजन गरेका थिए । दोस्रो दिन साँझ चाकुमल, दूध र सक्खर मिसाएर बनाइएको खीर प्रसादको रुपमा चढाउँदै ग्रहण गरेका थिए । भने, तेस्रो दिन हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । चौथो दिन आज उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठ पर्व विधिवत समापन गरिएकाे हाे ।
यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।
छठ पर्वकाे अवसरमा राष्ट्राध्यक्ष, प्रधानमन्त्री, राजनीतिक दलका नेता तथा विशिष्ट व्यक्तिहरूले शुभकामना सन्देश जारी गरेका थिए ।
0 प्रतिकृया