Follow us:


Follow us

१९ वैशाख २०८१, बुधवार
१९ वैशाख २०८१, बुधवार


८९ लाखसहित अनलाईन गेम्बलिङ सञ्चालन गर्ने रूपेश पक्राउ

एक्सन खबर
मंसिर, ७, २०८०


८९ लाखसहित अनलाईन गेम्बलिङ सञ्चालन गर्ने रूपेश पक्राउ

काठमाडौं, ७ मंसिर । हुण्डी, अनलाईन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीले काठमाडौं महानगरपालिका-२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठलाई नेपाल राष्ट्र बैंकबाट अनुमति नलिइ अवैध रूपमा हुण्डी लगायत अबैध कारोबार गरेकाे अभियाेगमा बुधबार दिउँसो पक्राउ गरेकाे हाे ।

काठमाडौंका विभिन्न स्थानमा केही व्यक्तिहरुले आपराधिक समूह बनाई नेपाल राष्ट्र बैंकबाट अनुमति नलिइ अवैध रूपमा हुण्डी कारोबार गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठले नेपाल राष्ट्र बैंकसँग इजाजतपत्र नलिई विद्युतिय माध्यम क्यासएप जस्ता मोबाइल एप्स प्रयोग गरी हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको खुल्न आएको छ ।

साथै उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रूपैयाँ, अमेरिकी डलर ७ हजार २६, ल्यापटप ३ थान, सिपियु ६ थान, टेलर मेसिन १ थान, सिसिटिभि एनभिआर १ थान, मोबाइल ८ थान, राहदानी २ थान, नागरिकता १ थान र विभिन्न मिति तथा व्यक्तिको नाममा काटिएका बैंक चेक ६४ थान बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएकाे छ ।













0 प्रतिकृया