Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


नोबेलले ‘इआरसीपी’ सुरू गरेपछि पूर्वका विरामीहरुलाई काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य

एक्सन खबर
पौष, १४, २०८०


नोबेलले ‘इआरसीपी’ सुरू गरेपछि पूर्वका विरामीहरुलाई काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य

माेरङ । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा केही दिन अगाडि एक जना ७२ बर्षिया बृद्धाको पित्त नलीमा रहेको ५० वटा जती ढुंगा विना शल्यक्रिया मुखबाट इण्डोस्कोप छिराएर झिकिएको छ । खोटेहाङ्ग गाँउ पालिकाकी ७२ बर्षिया पदम कुमारी राईको अस्पतालमा चेकजाँचको क्रममा पित्त नलीमा ढुंगा भएको पत्ता लागे पछि ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. मोहन खड्का नेतृत्वको चिकित्सा टोलीले उनको इआरसीपी प्रविधिबाट उक्त ढुंगा निकालेको हो ।

‘प्रौढ उमेर, दमको समस्या त्यसमाथि फोक्सो सुन्निएको र पित्त नली ढुंगाले भरिएर दुखाईयुक्त जण्डिस भएको अवस्थामा उनको पित्त नलीको ढुंगा निकाल्न चुनौति पूर्ण थियो । ढुंगाहरु धेरै भएकोले पनि एकै पटकमा सवै ढुंगा निकाल्न गाह्रो थियो । करिव ५० वटा जति ६ देखि १० एम एमको ढुंगाहरु एकै प्रयासमा निकाल्न सफल भयौं ।’ डा. मोहन खड्काले भने । विरामीको अवस्था अहिने सामान्य रहेको र डिस्चार्ज हुने क्रममा रहेको छ ।

पित्त नलीमा ढुंगा हुँदा के हुन्छ ?

डा. मोहन खड्का अनुसार पित्त नलीमा ढुंगा भएको अवस्थामा माथिल्लो पेट अथवा दाहिने कोखाको तल धेरै दुख्ने, उल्टी हुने, जण्डीस हुन सक्ने हुन्छ । यदी ढुंगा नलीमा नै अड्केर बस्यो भने त्यहाँ संक्रमण हुन सक्ने र संक्रमण बढदै गएमा शरिरको अन्य भागमा समेत संक्रमण सरेर एक भन्दा बढी अंगहरु विग्रने (मल्टीपल अर्गन फेलियर) हुन सक्छ । त्यस्तै पित्त नली र प्याङ्क्रियाजको नलीको अन्तिम मुहान एउटै हुने र त्यहाँ गएर ढुंगा अड्किएमा प्याङ्क्रियाजको संक्रमण भई प्याङ्क्रियाटाइटिस हुन्छ ।
 
के हो त इआरसीपी प्रविधि ?
 
पित्त नलीको ढुंगा निकाल्न पेट चिरेर शल्यक्रिया गर्ने गरिन्थ्यो । प्रविधिको विकास संगै ल्यापारोस्कोपिक विधि सुरु भए पछि पेटमा ठूलो चिरा लाएर शल्यक्रिया गर्नु पर्ने बाध्यता रहेन तर पित्त नली भित्रको ढुंगा निकाल्न नली चिर्नै पर्ने हुन्छ । इआरसीपी विधिमा मुखबाट इण्डोस्कोपको सहायताले सानो तार संगै बेलुन छिराएर पित्त नली सम्म पुगी ढुंगा तानेर आन्द्रामा निकालिन्छ र ढुंगा दिसाबाट बाहिर निस्कने गर्दछ ।

पित्त नली अथवा आन्द्राको क्यान्सर तथा प्याङ्क्रियाजको क्यान्सरको कारणले पित्त नली साघुरिएको हुन सक्छ त्यस्तो अवस्थामा पनि यो प्रविधिबाट स्टेण्ट छिराई साधुरिएको स्थानमा राख्ने गरिन्छ र साघुरिएको भाग खुल्ला बनाइन्छ । इआरसीपी प्रविधिले रोगको पहिचान र उपचार दुवैमा फाइदा पुर्याउदछ । हामीलाई पित्तथैलीको पथरिया र पित्तनलीको पथरिया एउटै हो जस्तो लाग्छ । तर पित्तथैलीको पथरिया र पित्तनलीको पथरिया फरक फरक हो । इआरसीपी प्रविधि पित्तनलीको पथरियाको उपचारको लागि प्रयोग हुन्छ ।

इआरसीपीका फाइदाहरु

पित्त नली चिरेर ढुंगा निकाल्दा निको हुन बढी समय लाग्ने हुन्छ तर यसमा कतै चिर्नु नै नपर्ने भएपछि चाँडो निको हुन्छ र संक्रमणको खतरा पनि हुँदैन, अस्पताल बसाई छोटो हुने हुँदा इआरसीपी विधी विरामीका लागि निकै सहज र फाइदाजनक मानिन्छ ।

नेपालका केहि अस्पतालहरुमा मात्र प्रयोगमा रहेको यो उपचार पद्धति नोबेलले पूर्वी नेपालमै पहिलो पटक २०७५ सालबाट प्रयोगमा ल्याएको थियो । तर, कोरोनाको महामारी फैलिएपछि यो सेवा अवरुद्ध भएको थियो । कोरोनाको प्रभाव हट्दै गएपछि पुनः सुचारु भएपछि यो प्रविधिबाट उपचार गर्ने विरामीहरुलाई काठमाडौं वा टाढा जानु पर्ने बाध्यताको अन्त्य भएको छ ।













0 प्रतिकृया