आज गुरूङ समुदायकाे ल्हाेसारः सार्वजनिक विदा
काठमाडाैं । आज गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व हर्षाेल्लासका साथ मनाइँदैछ । तमु ल्होसारका अवसरमा आजकाे दिन नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएकाे छ ।
आज खासगरी गुरुङ समुदायकाे बाहुल्यता भएकाे गण्डकी प्रदेशका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष समारोहकाबीच यो पर्व मनाउँदै आएका छन् ।
ल्होसार भनेको नयाँ वर्ष हो । हरेक वर्ष विक्रम सम्वतकाे पुस महिनाको १५ गतेलाई आधार मानेर तमु ल्हाेसार मनाइने चलन छ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।
तमु पात्रोमा १२ वटा वर्ग हुन्छन् । वर्गहरूको नाम विभिन्न जनावरहरूको नामबाट नामाकरण गरिएको छ । यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेषता सबै लामा शास्त्र र पच्यु शास्त्र अनुसार थाह पाउन सकिन्छ ।
तमु पात्रो अनुसार १२ वटा वर्ग
च्यु-ल्हो (छुं बर्ग / मुसा बर्ग )
ल्वोँ-ल्हो ( सा बर्ग / गाइ बर्ग )
तो-ल्हो ( धु बर्ग / बाघ बर्ग )
हि-ल्हो ( भौ बर्ग / बिरालो बर्ग )
गिद्द मि-ल्हो)
सर्प वर्ग (सप्री-ल्हो)
घोडा वर्ग (त-ल्हो)
भेंडा वर्ग (ल्हु-ल्हो)
बादर वर्ग (प्र-ल्हो)
चरा वर्ग (च्हया-ल्हो)
कुकुर वर्ग (खि-ल्हो)
मृग वर्ग (फो-ल्हो)
तमु ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले देश विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायलाई शुभकामना प्रकट गरेका छन् ।
0 प्रतिकृया