Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


युराेप पठाइदिन्छु भन्दै छ सय बढीलाई ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

एक्सन खबर
माघ, १८, २०८०


युराेप पठाइदिन्छु भन्दै छ सय बढीलाई ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडाैं । युरोप पठाउने भन्दै ६ सय बढी सर्वसाधारणबाट करोडौं रकम ठगी गर्ने व्यक्तिलाई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडाैं बालाजुमा यूरो विङ्स् एजुकेशन कन्सल्टेन्सी सञ्चालन गर्नेलाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा जिल्ला ललितपुर नत्लु गाविस वडा नम्बर ५ हाल परिवर्तित कन्जोसोम गाउँपालिका ४ घर भई हाल जिल्ला ललितपुर इमाडोल बस्ने वर्ष ३२ का विकास बाइवा भन्ने सुजन तामाङ रहेका छन् ।

काठमाडौं महानगरपालिका १६ बालाजु चोक स्थितमा यूरो विङ्स् एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरी आफूलाई विकास वाइवाको नक्कली परिचय दिई युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसियालगायतका देशहरूमा पठाइदिन्छु भनि प्रलोभनमा करोडौं रकम ठगी गरेको कसूरमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले बताएका छन् ।  

उनका अनुसार अनुसन्धानको क्रममा तामाङ २०७३ सालबाट आयुष मेनपावरलगायत विभिन्न मेनपावरहरूमा ऐजेन्टको रूपमा काम गर्न थालेका थिए । करिब पाँच वर्ष एजेन्टको कामगरी विभिन्न व्यक्तिहरूलाई खाडी मुलुकमा पठाउन सुरु गरेका उनले सरकारी निकायका कर्मचारीलाई समेत युरोप पठाउने भनि रकम लिई नक्कली भिसा देखाई जागिर छोड्न लगाएको खुल्न आएको छ ।

विकास वाइवाको नामबाट बैंक खाता खोली आफैँले हस्ताक्षर गरी बैंक/वित्तिय तथा अन्य सम्पूर्ण कारोबार गर्ने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । २०७७ सालमा ठगी तथा अपराधिक लाभ सम्बन्धी कसुर मुद्दामा फरार रहेका तामाङलाई कार्यालयबाट खटिएको विशेष टोलीले माघ १७ गते ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

६ सयजना भन्दा धेरै सर्वसाधारण व्यक्तिहरूबाट ५० हजार देखि पाँच लाख रुपैंयाँसम्म रकम लिएको पनि अनुसन्धानबाट देखिएको प्रहरीले जनाएकाे छ ।

उक्त ठगी गरेको रकमबाट तामाङले चार करोड व्यक्तिगत ऋण तिरेको खुलेकाे छ । भने, राप्ती मेनपावर बसुन्धरामा ५० प्रतिशत सेयर अर्थात ५० लाख रुपैंयाँ लगानी गरेको, ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको समेत खुलेकाे प्रहरीले जनाएकाे छ ।

यस्तै, सुवास तामाङ (भाई) को खातामा विभिन्न मितिमा १५ लाख ५० हजार जम्मा गरेको, जल विद्युत सहकारी संस्थाबाट लिएको १५ लाख ऋण तिरेको, पाँच लाखको सुनको ब्रास्लेट खरिद गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

बैदेशिक रोजगार विभागका अनुसार हालसम्म ७० जनाको मुद्दा दर्ता भई तीन करोड २५ लाख २२ हजार विगो देखिएको अन्य मुद्दा दर्ताको क्रममा रहेको प्रहरीले जनाएकाे छ ।













0 प्रतिकृया