बर्तमान सरकार उद्योगी व्यवसायीलाई ह्यारेस गर्दै पैसाको वार्गेनिङ गर्न सक्रियः सांसद सुनिलकुमार शर्मा
एक्सन खबर
काठमाडौं । उद्योगी अरुण चौधरीलाई प्रधानमन्त्री र गृहमन्त्रीले पैसाको वार्गेनिङ गर्न पक्राउ गरेको नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले बताएका छन् । प्रचण्ड नेतृत्वको सरकारले उद्योगी व्यवसायीहरुलाई ह्यारेस पारेर वार्गेनिङ गर्न सक्रिय रहेको बताएका हुन् ।
नयाँ बानेश्वरमा कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै सांसद शर्माले बर्तमान गठबन्धन सरकारले उद्योगी तथा ठूला घरानाहरुलाई पैसाको लागि वार्गेनिङ गर्न अनेक आरोप लगाउँदै पक्राउ गरेको बताए ।
‘प्रचण्ड नेतृत्वको सरकार मिनबहादुरको गिरफ्तारी देखि लिएर अहिलेसम्म हेर्नुभयो भने देशमा ठूला–ठूला उद्योगपतिहरु, ठूला घरानाहरुलाई पुराना केसहरु, ठूला उद्योगपतिहरुलाई गिरफ्तार गर्ने, ह्यारास गर्ने र अण्डरटेबल पैसा डिल गर्ने प्रथा अहिलेको राज्यसत्तामा बसेको विशेषतः हामीसँग गठबन्धनमा रहेको माओवादीको प्रचण्डजी र अहिलेको गृहमन्त्रीको डिजाइन हो’ उद्योगी अरुण चौधरीको गिरफ्तारीमा कुनै कानूनी प्रश्न भएको भए त्यसको फाइललाई अनुसन्धान गरेर अदालतमा दर्ता गर्न सकिने भएपनि व्यवसायीलाई आतंकित गर्न गिरफ्तार गरिएको जिकीर गर्दै भने ।
डा. शर्माले अरुण चौधरीलाई अपराधी जसरी गिरफ्तार गर्ने कार्यको भत्सर्ना समेत गरेका छन् । ‘म सांसदको रुपमा यस घटनाको भत्सर्ना गर्दछु ।’ डा. शर्माले भने ।
यसअघि कांग्रेस संसदीय बैठकमा सांसद विनोद चौधरीले आफ्नो परिवार माथी राजनीतिक प्रतिसोध साँधिएको बताउँदै २०५२ सालमा बाँसबारी छाला जुत्ता कारखानाको शेयर खुल्ला प्रतिष्पर्धाबाट खरिद गरिएको जिकीर गरे । तत्कालीन सरकारले खुल्ला बजार अर्थनीति अनुसार बिक्रिमा राखेको शेखर खरिद गरिएको उनको भनाई छ ।
बिहीबार उद्योगी अरुण चौधरी, तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका प्रमुख कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकूरलाई पक्राउ गरेको थियो । उनीहरुलाई नेपाल सरकारको १० रोपनी जग्गा हडपेको आरोप छ ।
0 प्रतिकृया